छैठौं चीन-दक्षिण एशिया वाणिज्य मञ्च आज चीनको दक्षिण-पश्चिमी भागमा पर्ने युन नान प्रान्तको सदरमूकाम खुन मिङ शहरमा आयोजित भयो। चीन र दक्षिण एशियाका मजदूर र वाणिज्य क्षेत्र बीचको बहुपक्षीय सहयोग व्यवस्थाको निर्माणलाई अघि बढाउनुपर्ने, चीन र दक्षिण एशिया मुलुकहरु बीचको व्यापारका लागि फाइदाजनक कदमको तर्जुमा गर्न अघि बढाउनुपर्ने ठहर यस मञ्चमा सहभागी मुलुकका वाणिज्य पदाधिकारीले गर्नुभएको छ।
चिनियाँ परराष्ट्र सहायक मन्त्री वु हाइ लुङले चीन सरकारले दक्षिण एशिया र चीन बीचको व्यापारिक घाटालाई उच्च महत्व दिएको र दुइ पक्ष बीचको व्यापारिक असन्तुलनमा सुधार गर्न चीनले कदम चाल्दै आएको वताउनुभयो।
प्राप्त तथ्याँक अनुसार, सन् 2010मा चीन र दक्षिण एशिया बीचको व्यापारिक रकम असी अर्ब अमेरिकी डलर भन्दा बढी पुगेको थियो।