तिब्बतको शान्ति मुक्ति भएको साट्ठी वर्षमा प्राप्त उपलब्धि प्रदर्शनी आज पैचिङ्ग जातिय सांस्कृतिक भवनमा शुरु भएको छ।
उक्त प्रदर्शनीलाई प्रदर्शनीको उद्देश्य, ऐतिहासिक प्रक्रिया, विशाल उपलब्धिहरु, सुधारिएको दैनिक जीवन, तिब्बतको उज्ज्वल भविष्य एवम् समाप्ति भन्ने छ वटा भाग विभाजिक गरिएको छ। प्रदर्शनीमा पाँच सय वटा चित्र, तीस वटा वस्तु, तीस वटा मानचित्र एवम् प्रशस्त ऐतिहासिक सामग्रीहरु बहु संचारमाध्यममार्फत प्रदर्शित गरिँदै छ। प्रदर्शनीबाट बितेका साट्ठी वर्षमा तिब्बतमा भएको टड्कारो परिवर्तन तथा तिब्बतीहरुको सुखमय जीवन एवम् जातिय एकतालाई देखाइन्छ।
उक्त प्रदर्शनी जुलाइ आठ तारिखसम्म निःशुल्क रुपमा खोलिने छ।