फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वितेको 5 वर्षमा चीनद्वारा तिब्बतलाई दिइएको चिकित्सा सहायता जम्मा 46 करोड चिनियाँ युआन पुगेको

(GMT+08:00) 2011-06-20 10:50:28

                बितेको 5 वर्षमा चीनका सम्बन्धित प्रान्त,शहर र एकाईले तिब्बतलाई 46 करोड चिनियाँ युआन बराबरको चिकित्सा सहायता प्रदान गरेको छ । चिकित्सा क्वारेन्टाइन प्रबन्ध,प्रकोपमा उद्धार गर्ने औषधी र रकम उपलब्ध गराएको हो जसबाट तिब्बतको स्वास्थ्य कार्यको विकास गर्न र विभिन्न जातिका सर्वसाधारणको स्वास्थ्य स्तरलाई उकास्नका लागि विशेष सहयोग पुग्ने छ।

               चीनको तिब्बत स्वायत्त प्रदेशको स्वास्थ्य कार्यालयका जिम्मेवार व्यक्तिले हाल उक्त कुरा व्यक्त गर्नुभएको हो।

               यसका साथै उहाँले अगाडि भन्नुभयो-गत वर्षसम्म तिब्बतमा विभिन्न स्तरीय र विभिन्न किसिमको चिकित्सा स्वास्थ्य संस्था 1 हजार 3 सय वटाभन्दा बढी र चिकित्सकको कूल संख्या 12 हजार भन्दा बढी पुगेको छ जुन बेग्ला बेग्लै रुपमा तिब्बत शान्तिपूर्ण मुक्ति हुनुअघिको तुलनामा 4 सय 50 गुणा र 1 सय 23 गुणाले बृद्धि भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह