फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अंकबाट तिब्बती बासिन्दाहरुको जीवन स्तर ठूलो मात्रामा उकासिएको

(GMT+08:00) 2011-06-23 16:30:00

               पैचिङमा भइरहेको तिब्बतको शान्तिपूर्ण मुक्तिको साठी वर्षमा प्राप्त उपलव्धी विषयक प्रदर्शनीबाट तिब्बतको शान्तिपूर्ण मुक्ति भएदेखि यता यस साठी वर्षमा शहर तथा गाउँबस्तिका नागरिकहरुको आम्दानी निरन्तर रुपमा बढेको छ भने जनताको जीवन स्तर ठूलो मात्रामा उकासिएको छ।

              प्राप्त तथ्याँक अनुसार, सन् 1959देखि 2010सम्म तिब्बतको प्रति व्यक्तिको सरदर गार्हस्थ उत्पादन मात्रा एक सय बयालीस चिनियाँ युआनबाट बढेर सत्र हजार तीन सय उन्नाइस चिनियाँ युआन पुगेको छ। त्यसका अतिरिक्त, सन् 2005देखि 2010सम्म तिब्बतको प्रति किसान तथा पशुपालकको सरदर आम्दानी दुइ हजार अठहत्तर चिनियाँ युआनबाट बढेर चार हजार एक सय उनान्चालीस चिनियाँ युआन पुगेको छ।

             प्राप्त जानकारी अनुसार, तिब्बतको शान्तिपूर्ण मुक्ति भएदेखि चीन सरकारले तिब्बतको शिक्षाका लागि करिब चालीस अर्ब सत्तरी करोड चिनियाँ युआनको लगानी रकम छुट्याएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह