फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"तिब्बतको शान्तिपूर्ण मुक्ति भएको साठी‌औं वार्षिकोत्सवको उपलक्ष्यमा तिब्बतको सीमावर्ती क्षेत्रको भ्रमण"नामक रिपोर्ट कार्यक्रम लिन चमा शुरु

(GMT+08:00) 2011-06-23 19:31:59

               "तिब्बतको शान्तिपूर्ण मुक्ति भएको साठी‌औं वार्षिकोत्सवको उपलक्ष्यमा तिब्बतको सीमावर्ती क्षेत्रको भ्रमण"नामक रिपोर्ट कार्यक्रम हिजो तिब्बतको लिन चमा तैनाथ सेना तथा सैनिक चौकीबाट शुरु भएको छ। समाचार-पत्र, समाचार समिति, रेडियो तथा टेलिभिजनका पैंतालीस जना पत्रकारले हिमालमा अवस्थित सैनिक चौकी र सेना सम्बन्धमा रिपोर्टिङ्ग अन्तर्वार्ता लगायतका कार्यक्रम गर्ने छन्।

              रिपोर्ट कार्यक्रमको उद्घाटन समारोहमा सैनिक पदाधिकारी तथा जवानहरुले राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुका साथै शान्ति तथा मित्रताको प्रतिक मानिएको परेवा उडाएका छन्। यस पटकको रिपोर्ट कार्यक्रम शिखाचे, शान नान, लिन च तथा छाङ तुमा एकैसाथमा चल्नेछ। पत्रकारहरुको अन्तर्वार्तामार्फत तिब्बतको शान्तिपूर्ण मुक्ति भएको साठी‌ वर्षदेखि तिब्बतमा तैनाथ सैनिक पदाधिकारी तथा जवानहरुले तिब्बतको निर्माण, विकास तथा सीमावर्ती क्षेत्रको रक्षा गरेको उपलव्धी देखाइनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह