सिन व्हा समाचार समितिकाअनुसार, छिङहाई-तिब्बत रेलमार्ग लम्ब्याइने लाइनको रुपमा ल्हासा-सिगाचे रेलमार्ग संचालन भएपछि प्रति घण्टाको गति एक सय बीस किलोमिटरभन्दा कम हुने छैन।
हाल चिस्सिएको पृथ्वी क्षेत्रमा छिङहाई-तिब्बत रेलमार्गको प्रति घण्टाको गति एक सय किलोमिटर र चिस्सिएको पृथ्वीवाहेकको क्षेत्रमा प्रति घण्टाको गति एक सय बीस किलोमिटर छ। यो विश्वको पठारभूमिमा चिस्सिएको पृथ्वी क्षेत्रमा रेलमार्ग संचालनमा सबैभन्दा तिव्र गति भएको जनाइएको छ।
थाहा भएअनुसार, ल्हासा-सिगाचे रेलमार्गको कूल लम्बाइ दुई सय त्रिपन्न किलोमिटर छ। सन् 2010मा उक्त रेलमार्गको निर्माण शुरु भएको थियो।