सम्वाददाता मण्डलले तीन दिने शिगाचेको भ्रमण गरेर आज पूरानो बस्ती च्याङ्गचको भ्रमण पनि पूरा गरेको छ। चार दिनको भ्रमणबाट सम्वाददाता मण्डलले तिब्बतको उद्योग व्यवसाय कृषि सँस्कृति धर्म रीतिरिवाजआदि विषयबारे चौतर्फी रुपमा जानकारी हासिल गरेको छ। विशेष गरी हिजो दिउँसो हामीले पाला मानोरको भ्रमण गरेर मुक्तिअघि सामन्ती वर्गको सौखिन जीवन र अर्को तर्फ कामदारको दुःखद जीवनको बारेमा जानाकारी लियौं । जसबाट तिब्बत मुक्त भएको कारण हामीले जान्न सक्छौं साथै साठी वर्षमा भएको ठूलो विकास स्पष्ट रुपमा अनुभव गरेका छौं।
मण्डल आज च्याङ्गचबाट ल्हासा फर्केको छ। बाटोमा निकै सुन्दर प्राकृतिक दृश्यले विदेशी तथा चिनियाँ सम्वाददातालाई आकर्षण गरेको छ। हाम्रो भ्रमण तीन दिन बाँकी छ। हामीले अझ बढी ताजा विष्यको बारेमा जानकारी दिनेछौं।
सीआरआई अजय ललिता
ल्हासा तिब्बत