चीनको तिब्बत स्वायत्त प्रदेशका जिम्मेवार व्यक्तिले जन्मसँगै हृदय रोग लागेका बालबालिकाहरुको नि:शुल्क उपचार गर्न महत्वपुर्ण निर्देशन दिनुभएको छ।
सो अवसरमा उहाँले तिब्बत सरकार तथा सम्बन्धीत विभागहरुले जन्मजात हृदय रोग लागेका बालबालिकाहरुको उपचार गर्ने काममा महत्व दिने र दुई वर्ष भित्र जन्मजात हृदय रोग लागेका बालबालिकाहरुको निःशुल्क उपचार सफल बनाउन अनुरोध गर्नुभएको छ।
थाहा भएअनुसार मौसमको कारणले तिब्बतमा जन्मजात हृदय रोग लागेका बालबालिकाहरुको सँख्या दश हजार पुगेको छ। केही वर्षदेखि यता तिब्बतले सक्रिय रुपमा उक्त रोग लागेका बालबालिकाहरुको उपचार कार्यमा ज्यादै महत्व दिएको र हालसम्म नि:शुल्क रुपमा तीन हजार भन्दा बढी बालबालिकाहरुको निःशुल्क उपचार भइसकेको छ।