तिब्बतले कृषि र पशुपालन क्षेत्रको तेश्रो उद्योगको विकासलाई तीव्र पार्नुका साथै कृषि र पशुपालनलाई पनि बढावा दिने जनाएको छ ।
हालै आयोजित तिब्बती स्वायत्त प्रदेश सरकारको कार्य सम्मेलनका अनुसार कृषि पर्यटन, ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन, ग्रामीण होटल व्यवसायको सकारात्मक विकास गरिनेछ ।
जातीय हस्तशिल्प उद्योगको विकासलाई छिटो पारिनुका साथै कृषिजन्य उत्पादनको भण्डारण, ढुवानी सम्बन्धी प्रबन्धमा पनि सुधार गरिनेछ। त्यस्तै विभिन्न क्षेत्रको किसान र पशुपालन सम्बन्धी पेशालाई आर्थिक विकासको रुपमा परिचालन गरिने पनि तिब्बत स्वायत्त प्रदेशको सरकारको योजना रहेको छ ।