फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आत्मदाह गर्नेहरु किन निराश हुँदै गए

(GMT+08:00) 2012-03-29 18:53:39
      चिनियाँ तिब्बती शास्त्र अध्ययन केन्द्रका प्राध्यापक लेन श्याङ मिनले वितेका दीर्घकालीन अवधिसम्म तिब्बती शास्त्रको अनुसन्धान गर्दै आउनुभएको छ । थु च्या जातिका ती विद्वानले हाल भएका अनेकन आत्मदाह घटनाबारे चर्चा गर्दै त्यसप्रति दु:ख तथा समवेदना व्यक्त गर्नुभयो । प्राप्त जानकारी अनुसार, आत्मदाह घटनामा परेका प्रायजसो भिक्षु तथा भिक्षुणीहरुको उमेर सानो छ। उहाँ भन्नुहुन्छ,

      प्राप्त जानकारी अनुसार, आत्मदाह गर्ने ती भिक्षु तथा भिक्षुणीहरु धेरै युवापुस्ताका छन्। उनीहरुको ज्यान गएकोमा हामीलाई धेरै दु:ख लागेको छ।

      प्राध्यापक लेन श्याङ मिनका अनुसार, तिब्बती बौद्ध धर्म र अरु धर्मको उद्देश्य एउटै हो । त्यो भनेको व्यक्तिहरुलाई राम्रो कुरा सिकाउने तथा जीवनको महत्वलाई बुझाउने नै हो। उहाँ भन्नुहुन्छ,

      तिब्बती बौद्ध धर्म एउटा तुलनात्मक नरम धर्म हो। त्यसले त्यसका धर्मावलम्बीहरुलाई राम्रो कुरा गर्न तथा ज्यानलाई महत्व दिन सिकाउँछ।

      तथापि विदेशका केही शक्तिले आत्मदाह गर्नेहरुलाई बहादूरको रुपमा प्रशंसा गरेका छन्। जसले ज्यानको सम्मान गरेको छैन। अध्ययनको नतिजा अनुसार आत्मदाहका घटनाले स्थानीय बासिन्दाको जीवनमा नकारात्मक असर पारेको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह