|
|
|
||
काठमाडौं उपत्यकालगायत देशका सहरी क्षेत्रमा बढ्दै गएको सवारी आवागमनको समस्या समाधान गर्ने उद्देश्यले सरोकारवालाले सहरी सडक मापदण्ड बनाउने तयारी गरिरहेका छन्।
सहरीकरणसँगै सहरी क्षेत्रमा सवारी आवागमनमा देखा परेको समस्याको वैज्ञानिक ढंगले व्यवस्थापन गर्न राजधानीमा आयोजित 'दिगो हिरी यातायात व्यवस्थापन' विषयक कार्यक्रममा सहरी सडक मापदण्ड बनाउन जोड दिइएको हो।
भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसीप्रसाद सिटौलाले सहरीकरणसँगै बढेको सवारी चापले सहरी आवागमनमा समस्या बढ्दै गएको बताए । उनले सहरको आवागमन समस्या समाधानका लागि सहरको आवश्यकता अनुसार सवारी तथा सडकका लागि स्पष्ट नीतिगत व्यवस्था गरी धेरै यात्रु राख्न मिल्ने ठूला सवारीसाधन व्यवस्था गर्नुपर्ने जानकारी दिनुभयो।
'अब सहरमा टेम्पो, माइक्रोबस जस्ता साना सवारी हटाउनुपर्ने हुन्छ,' उहाँले भन्नुभयोः, 'सहरी क्षेत्रमा धेरै मानिस लाई सेवा दिन सक्ने मास ट्रान्सपोर्ट चाहिन्छ।' उहाँले साना सवारीको विकल्पका रुपमा आवश्यक छलफल गरी वातावरणमैत्री ठूला सवारीको व्यवस्थापन गर्नेतर्फ अगाडि बढ्ने बेला आएको बताउनुभयो।
यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन ढकालले सहरी आवागमनमा साना सवारी समस्याका रुपमा देखिएको बताउनुभयो। उहाँले ठूला सवारीको व्यवस्थासहित सहरमा पैदलयात्री र साइकल लेनको पनि पर्याप्त व्यवस्था गर्नुपर्ने बताउनुभयो। 'सवारीसाधन आवागमनका लागि मात्र होइन, मानिसका लागि हिँड्ने बाटो, अपांगमैत्री सडक, साइकल लेन, रिक्सा, गाडा, घोडा हिँड्ने स्थान व्यवस्थित गर्नुपर्छ,' उहाँको भनाइ छ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख योगेश्वर पराजुलीले उपत्यका लगायत देशका सहरी क्षेत्रमा सडक विस्तारको कामसँगै पुराना र साना सवारीलाई हटाउनेतर्फ पनि ध्यान दिने बेला आएको बताउनुभएको नागरिक न्यूज डट कमले जनाएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |