फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक सुधारका क्षेत्रमा भारतले चीनबाट सिक्न सक्ने भारतीय सञ्चार-माध्यमको टिप्पणी

(GMT+08:00) 2013-11-15 18:44:21

     भारतीय सञ्चार-माध्यमले हालै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमाथि ध्यानाकर्षण गरेको जनाएका छन्। खास गरी पूर्ण बैठकको विज्ञप्तिमा प्रस्तुत गरिएको "सुधारलाई चौतर्फी रुपमा गहन पार्ने" विषय सञ्चार-माध्यमको ध्यानाकर्षणको विषय बनेको छ।

     "टाइम्स अफ इण्डिया"ले चौध तारिखका दिन प्रकाशित गरेको टिप्पणीअनुसार, सन् 1978 पूर्व नेता तङ स्याउ फिङले बजारमूलक अर्थतन्त्र पहिलो पटक प्रस्तुत गर्नुभएदेखि यता चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक अर्को महत्वपूर्ण बैठक भएको छ। चिनियाँ नेताहरुले आगामी दश वर्षका लागि चीनको विकासबारे नयाँ कदम प्रस्तुत गर्नुभयो। भारतले चीनको अर्थतन्त्रको सफल अनुभव र चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा चिनियाँ नेताहरुले प्रस्तुत गर्नुभएको दीर्घकालीन विकास योजनाबाट प्रोत्साहन पाउनसक्ने र भारतको आर्थिक पुनरुत्थानका लागि कदम प्रस्तुत गर्नसक्ने छ।

      "हिन्दुस्तान टाइम्स"ले प्रकाशित गरेको लेखअनुसार, आर्थिक सुधार क्षेत्रमा भारतले चीनसँग सिक्नुपर्ने र उत्पादन व्यवसायको विकासलाई बढाउनुपर्ने आवश्यकता छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह