|
|
|
||
चीनका प्रधानमन्त्री ली ख छ्याङले आज दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्शन मण्डेलाको निधनमा शोकसन्देश पठाउनुभएको छ। प्रधानमन्त्री लीले चीन सरकार र चिनियाँ जनताको प्रतिनिधित्व गर्दै मण्डेलाको निधनप्रति दुख व्यक्त गर्दै दक्षिण अफ्रिकी सरकार र जनताप्रति गहिरो सम्वेदना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री लीले आफ्नो शोक सन्देशमा चीन सरकारले दक्षिण अफ्रिकासँगको आपसी सहयोगलाई अझै मजबुत बनाउने उल्लेख गर्दै दुवै मुलुकबीचको मैत्री सम्बन्धमा मण्डेलाको भूमिकाको प्रशंसा गर्नुभएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |