फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी नेताहरुले मानवीय संवेदना र अन्तर्राष्ट्रिय स्वयंसिद्ध तथ्यलाई सम्मान गर्नुपर्ने चिनियाँ परराष्ट्रमन्त्रीको अडान

(GMT+08:00) 2014-01-09 14:27:40

         चीनका परराष्ट्र मन्त्री वाङ यीले जापानी प्रधानमन्त्री सिन्जो अबेले यासुकुनी देवलको पूजा गर्नुभएको विषयबारे चर्चा गर्दै जापानी नेताहरुले मानवीय भावनालाई सम्मान गर्नुपर्ने बताउनुभएको छ। चीनको परराष्ट्र मन्त्रालयबाट जनाइएअनुसार, जापानी नेताले मानवको अन्तरज्ञान र अन्तर्राष्ट्रिय स्वयंसिद्ध तथ्यको सम्मान गर्नुपर्छ।

         वाङ यीले हाल कतारको अल जजीरालाई दिनुभएको विशेष अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो।

         यसका साथै वाङले जापानी नेताहरुले क श्रेणीका युद्ध अपराधीहरुको पूजा गर्नुभएको कुरा चिनियाँ जनताले अस्वीकार गर्नुका साथै अन्तर्राष्ट्रिय समाजले पनि अस्वीकार गरेको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह