![]( /mmsource/images/2009/11/09/11.9sarala01.jpg)
तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाको उत्तर-पश्चिमी पहाडमा पर्ने पोताला दरबार विश्वको सबैभन्दा अग्लो स्थानमा पर्ने सबैभन्दा विशाल भवन हो। त्यसको निर्माण इस्वी सम्बत सातौं शताव्दीमा थालिएको थियो। पोताला दरबारमा तेह्र तला छन् भने त्यसको क्षेत्रफल एकचालीस हेक्टर छ। त्यहाँ विभिन्न दलाइ लामाहरुको पार्थिव शरीर समाधिस्थ गरिएका स्तुपा र अन्य स्तुपाको भवन अनि विभिन्न आकारका हजारौं कोठाहरु छन्। हरेक स्तुपमा सुनको जलप लागाइनुका साथै अमूल्य रोगन पनि छ साथै राम्ररी कुँदिएको छ। त्यहाँका सबैभन्दा ठूलो स्तुप नै पाँचौं लामाको पार्थिव शरीर राखिएको स्तुप हो। सो स्तुपको उचाइ चौध दशमलब आठ पाँच मिटर छ। त्यसमा छ हजार किलोग्राम भन्दा बढी सुन लगाइएको छ भने चार हजार भन्दा बढी मोती जडित छ। त्यसैले त्यो अमूल्य छ। पोताला दरबारको सबैभन्दा उच्च तहमा रहेको कोठा दिनभरि घाम लाग्नेभएका कारण त्यसलाई घमाइलो कोठा भनिन्छ।
![]( /mmsource/images/2009/11/09/11.9sarala02.jpg)
सन 1961 मा चीनको केन्द्रीय सरकारद्बारा पोताला दरबारलाई राष्ट्रिय महत्वपूर्ण साँस्कृतिक पूरातात्विक महत्वको संरक्षण स्थलका रुपमा तोकेको छ। केन्द्रीय सरकारले हरेक वर्ष विशेष लगानी गरेर पोताला दरबारको जिर्णोद्धार गर्दै आएको छ। सन् 1989 को वसन्तदेखि 1994 को ग्रीष्मकालसम्ममा चीनले पाँच करोड तीस लाख चिनियाँ युआन खर्च गरेर पोताला दरबारको सर्वतोमुखी जिर्णोद्धार गरी त्यसलाई अझ शान्दार पारेको छ।
![]( /mmsource/images/2009/11/09/11.9sarala03.jpg)
तिब्बत स्वायत्त प्रदेश चीनका पाँचवटा स्वायत्त प्रदेशहरुमध्येको एक हो। त्यसलाई छोटकरीमा तिब्बत पनि भनिन्छ। त्यहाँ मुख्यतः तिब्बती जातिका मानिसहरुको बसोबास छ। त्यसैले त्यहाँ स्वशासनको अधिकार दिइएको छ। तिब्बत चीनको दक्षिण-पश्चिमी सीमा क्षेत्र र छिंगहाई-तिब्बत टारभूमिको दक्षिण-पश्चिमी भागमा अवस्थित छ। तिब्बतको दक्षिणी भाग नेपाल, भारत, भूटान र म्यान्मार आदि मुलुकहरुसँग जोडिएको छ। तिब्बतको सीमा-रेखाको कूल लम्बाइ झण्डै चार हजार किलोमिटर छ। सारा तिब्बतको कूल क्षेत्रफल बाह्र लाख बीस हजार वर्गकिलोमिटर भन्दा बढी छ भने तिब्बतको क्षेत्रफलले चीनको कूल क्षेत्रफलको 12.8 प्रतिशत ठाउँ ओगटेको छ।