|
|
|
||
इस्लाम धर्म
चीनमा इस्लाम धर्मको प्रवेश सातौं शताब्दीमा भएको थियो। चीनमा ह्वै, युगुर, तातार, कर्कच, हसाक, उज्वेक, तुङ्ग स्याङ्ग, साला, पाउ आन आदि अल्पसंख्यक जातिका एक करोड असी लाख जति मानिसहरु इस्लाम धर्म मान्दछन। चीनमा मुसलमानहरुको बसोबास सिनच्याङ्ग युगुर स्वायत्त प्रदेश, नीङ्ग स्या ह्वै स्वायत्त प्रदेश, कान सु, छिङ्ग हाइ तथा युन नान प्रान्तमा रहेको छ। अन्य प्रान्त अथवा शहरहरुमा पनि फाटफुट मुसलमानहरुको बसोबास रहेको छ। हाल चीनमा मस्जिदहरुको संख्या तीस हजार भन्दा बढी छ। इमाम, मुल्लाको संख्या चालिस हजार रहेको छ।
क्याथोलिक धर्म
चीनमा क्याथोलिक धर्मको प्रवेश सातौं शताब्दीमा भएको हो। सन् 1840मा उत्पन्न अफिम युद्धपछि यो धर्म चीनभरि व्यापक रुपमा फैलिएको थियो। हालसम्म चीनको क्याथोलिक धार्मिक समाज अन्तर्गत एक सय वटा धार्मिक क्षेत्र छन् र क्याथोलिक धर्मावलम्बीहरुको संख्या लगभग पचास लाख छ। हाल खुला रहेका गिर्जा घरहरुको संख्या पाँच हजार जति छ। देव शास्त्र कलेज बाह्रवटा छन्। विगत बीस वर्षदेखि यता चीनको क्याथोलिक समाजबाट तालिम पाएका पादरीहरुको संख्या एक हजार पाँच सय छ। तीमध्ये एक सय जना पादरीहरु थप अध्ययनका लागि क्याथोलिक धार्मिक समाज मार्फत विदेश गएका छन्। यस बाहेक, चीनको क्याथोलिक धार्मिक समाजमा जम्मा गरी तीन हजार दुइ सय भिक्षुणीले क्याथोलिक धर्मका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने वचन दिइसकेका छन्। चीनमा हरेक वर्ष औसतमा पचास हजारजनाले गिर्जा घरमा नाम राख्ने समारोहमा भाग लिने गरेका छन् र चीनको क्याथोलिक धार्मिक समाजले प्रति वर्ष लगभग तीस लाख बाइबल प्रकाशमा ल्याउने गरेको छ।
क्रिश्चियन धर्म
चीनमा क्रिश्चियन धर्मको प्रवेश उन्नाइसौं शताब्दीमा भएको हो र सन 1840 मा भएको अफिम युद्धपछि चीनमा यसको प्रसार व्यापक रुपमा भएको थियो। सन 1950 मा क्रिश्चियन धर्मले चीनमा आन्दोलन गरी साम्राज्यवादको प्रभावलाई हटाइ देशभक्तिको भावना जगाएको थियो। यसका साथै चीनमा क्रिश्चियन धर्मले आत्म-स्वशासन, आत्म-समर्थन तथा आफ्नो शक्तिले यसलाई विस्तार गर्ने लक्ष्यलाई साकार तुल्याउन कोशिश गर्ने कुरा पनि व्यक्त गरेको छ। हाल चीनमा क्रिश्चियन धर्मालवम्बीहरुको संख्या लगभग दश लाख भन्दा बढी छ। यस धर्मका धर्मधिकारीहरु तथा पादरीहरुको संख्या जम्मा अठार हजार छ। गिर्जा-घरहरुको संख्या बाह्र हजार छ। यस बाहेक भेला हुने ठाँउहरुको संख्या नै पच्चीस हजार रहेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |