![]( /mmsource/images/2010/02/04/2.4-sarala-ci07.jpg)
चिनियाँ माटोका वस्तुहरुमा इनामेल लगाउनु एकदमै आवश्यक छ। यसले गर्दा त्यो हेर्दा मसिनो देखिन्छ। साथै त्यसबाट पानी चुहिदैन र हावा निस्कदैन। यसमा कुनै वस्तुले ठोक्दा सुरिलो आवाज निस्किन्छ। कतै सानो चिरो परेमा यसलाई मेटाउन निकै सजिलो पर्दछ। हेर्दा यो एकदमै चिल्लो र सरल देखिन्छ साथै त्यसलाई सफा गर्न पनि एकदमै सजिलो हुन्छ।
चीनको इतिहासमा निकै धेरै स्थानीय ग्रामीण भट्टीले सरकारी भट्टीमाथि निरन्तर रुपमा प्रभाव पार्दैआएको देखिन्छ। तिनले सरकारी भट्टीलाई नयाँ जीवन्त शक्ति प्रदान गर्ने गरेका छन्। यसले गर्दा धेरै उत्कृष्ठ रचनाहरु देखा परेका छन्।
![]( /mmsource/images/2010/02/04/2.4-sarala-ci08.jpg)
ख्वै लोंग नामक ड्रेगन अर्थात् प्राचीन कालमा प्रचलित भनाइमा उल्लेखित एक किसिमको चामत्कारिक जनावरको बुट्टा चीनको शाँग शासनकालमा (इशापूर्व 1600देखि इशापूर्व1046) तामा र पित्तलका वस्तुहरुमा प्रायजसो देखिन्थ्यो। कहिलेकाहीं दुईवटा ख्वै लोंग नामक ड्रेगनको बुट्टाबाट एउटा थाउ थे बुट्टा बनाएको देखिन्थ्यो। थाउ थे भनेको चीनको प्राचीन कालमा प्रचलित एक किसिमको खानामा अति लोभी खन्चुवा जंगली जनावर हो। प्राचीन चीनमा तामा वा पित्तलका वस्तुहरुमा प्रायजसो त्यसको टाउकाको बुट्टा कोर्ने गरिन्थ्यो, जसलाई थाउ थे बुट्टा वा थाउ थे डिजाइन भनिन्थ्यो। चीनको युआन वंश, मिंग वंश र छिंग वंश (तेह्रौं शताव्दीदेखि उन्नाइसौं शताव्दीसम्म) का यी तीन वंशमा सो चित्रमा देखाइएका ख्वै लोंग ड्रेगन बुट्टाका थुप्रै यस्ता प्लेटहरु पाइन्थे।
![]( /mmsource/images/2010/02/04/2.4-sarala-ci09.jpg)