|
|
|
|||||||||
|
||

दीर्घकालीन ऐतिहासिक विकासका क्रममा चीनका विभिन्न जातिहरु क्रमशः हान् जातिको बाहुल्यमा छ्यासमिस भएर बसोबास गरेको स्थिति बनिसकेको छ । 55 वटा अल्पसंख्यक जातिमध्ये व्हो जाति र मान जातिले हान् जातिको भाषाको उपयोग गर्ने बाहेक आ-आफ्नै जातीय भाषाको प्रयोग गर्दछन्। वितेका धेरै वर्षमा यी 56 वटा अल्पसंख्यक जातिले सँगसँगै मिलेर 96 लाख वर्गकिलोमिटर क्षेत्रफल भएको यस चिनियाँ भूमिमा जीवन यापन गरिरहेका छन्, सँगसँगै मिलेर चीनको दीर्घकालीन इतिहास र चहकिलो सँस्कृतिको सिर्जना गरिरहेका छन्।

श्रेष्ठजी अव तपाईंको दोस्रो प्रश्नको जवाफ दिन गै रहेका छौ:धेरै वर्षदेखि यता चीन सरकारले स्वास्थ्य क्षेत्रको विकासमा उच्च ध्यान दिएको छ। चीन सरकारले जनताको स्वस्थ्य र सुरक्षालाई महत्वपूर्ण स्थानमा राखेको छ। अहिले चिनियाँहरुको मृत्यु दरको सरदर उमेर 72 वर्ष हो। गत शताब्दीको 50को दशकमा चिनियाँहरुको मृत्युको सरदर उमेर 35 वर्ष थियो। स्वास्थ्य उपचार सम्बन्धी आधारभूत जीवन बिमा शहर र बस्तीका विभिन्न किसिमका व्यवसाय, संघ-संस्था र एकाइहरुमा व्याप्त छ। हालसम्म यो चीनमा सबैभन्दा ठूलो परिधिमा व्याप्त सामाजिक प्रत्याभूति युक्त व्यवस्था मध्येको एक बनेको छ। सन् 2002मा चीनको स्वस्थ्य उपचार, आरोग्यता संरक्षण, रोग निवारण आदि स्वास्थ्य निकायहरुको संख्या बत्तीस लाख दश हजार पुगिसकेको छ। स्वास्थ्यकर्मी र सम्बन्धित प्राविधिज्ञहरुको संख्या चवालिस लाख चालिस हजार छ।

चीनमा हस्पिटलहरु धेरै रहेका छन्। हरेक शहरमा धेरै हस्पिटलहरु छन्। चीनको राजधानी पैचिंगमा ठूला हस्पिटलहरुको संख्या लगभग दुई सय पुगेको छ। पैचिंगमा अन्य धेरै स साना स्वास्थ्य चौकिहरु पनि रहेका छन्। अहिले चीनले स्थास्थ्य क्षेत्रमा धेरै सफलता प्राप्त गरेको छ।
आदरणीय श्रोताहरु यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। आजलाई पत्र मन्जुषा कार्यक्रम यत्ती आगामी हप्ताको कार्यक्रममा भेट हुने नै तव सम्मका लागि हामीलाई विदा दिनुहोस् । नमस्ते ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||