फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको भौतिक साँस्कृतिक सम्पदामध्येको एक-छिङहाइ प्रान्तीय च्याया तिब्बती कार्पेट

(GMT+08:00) 2011-05-16 15:08:01

           चीनको छिङहाइ प्रान्तमा भेटिने जातीय कलाहरूमध्ये एउटा सुन्दर फूल छ यो छिङहाइको च्याया भन्ने ठाँउमा बनाइने तिब्बती कार्पेट रहेको छ। च्याया तिब्बती कार्पेट घाँसेमैदानमा चराइने तिब्बती भेडाको ऊन, पश्मीना, याक तथा उँटको ऊनबाट बनाइन्छ। ती कार्पेटहरूको रङ चहकिलो हुन्छ र ऊनको रङ पनि जाँदैन। सन्2006मा च्याया तिब्बती कार्पेट राष्ट्रिय भौतिक सांस्कृतिक सम्पदा सूचीमा समावेश गराइने पहिलो खेपमा राखियो। ती कार्पेटहरू नेपालमा पनि पाइन्छन्। आजको चिनियाँ रङ मञ्च नियमित कार्यक्रममा तपाईं मसँगै छिङहाइ प्रान्त गएर त्यहाँ उत्पादित तिब्बती कार्पेटबारे केही जानकारी लिन जाऊँ ल।

             याङ युङ ल्याङ च्याया तिब्बती कार्पेट बनाउने सातौं पुर्खा हुन्। च्याया गाउँबस्तीमा तिब्बती कार्पेट बनाउने तीन सय वर्षको इतिहास छ। पहिले कार्पेट बनाउनेहरूले कार्पेट चित्रबिना आफ्नो दिमागमा बुट्टाको  योजना गर्दथे। छिङहाइ तिब्बती कार्पेटको इतिहासबारे जानकारी दिँदै चीन तिब्बती कार्पेट संघका महासचिव वाङ यीङ हुले भनेः "छिङहाइ तिब्बती कार्पेटको मुख्य उत्गम स्थल हो। पहिले मानिसहरूले हाडको सियो र काठे मेशिनले तिब्बती कार्पेट बनाउँथे। चीनको भित्री भूमिमा बसोबास गर्ने हान जाति, छिङहाइमा बस्ने थु जाति एवम् नेपालका सांस्कृतिक कारक तत्वलाई पनि तिब्बती कार्पेटमा समावेश गरिएर विशेषतायुक्त कलात्मक शैली बन्यो। तिब्बती कार्पेट तिब्बती संस्कृतिसँगसँगै विकसित भैरहेको छ।"

             सुक्ष्म उत्पादन प्रविधि, उत्तम सामग्री, पठारभूमिको प्राकृतिक वातावरण, पठारभूमिबासीको विशेष मिजास यी सबै कुरामा आधारित तिब्बती कार्पेटमा स्थानीय जातिको खस्रो तथा सरल तर रमणीय विशेषता भेटिन्छ।

             तिब्बती कार्पेटको विशेषताबारे जानकारी दिँदै चीन तिब्बती कार्पेट संघका महासचिव वाङ यीङ हुले भनेः "छिङहाइ तिब्बती कार्पेटमा प्रयोग गरिने सामग्री मुख्यतया समुद्रसतहदेखि छिङहाइ-तिब्बत पठारभूमिको दुई हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटरसम्ममा चराइने तिब्बती भेडाको ऊन हो। यो सामग्री विश्वमा हाते कार्पेट क्षेत्रमा मानिने सबभन्दा उच्च गुणस्तरिय सामग्री हो। सेतो तन्कने ऊनबाट बुनेको कार्पेट नरम छ र कार्पेटमा कुल्चिँदा ऊन लडेर तुरुन्तै उफ्रेर कुल्चिनुअघि जस्तै देखिन्छ। ती कार्पेटहरू लामो समयसम्म प्रयोग गरिएपछि रङ पहिले जस्तै चहकिलो हुन्छ। ती कार्पेटहरू उपयोगी, रमणीय तथा कलात्मक पनि हुन्छन्।"

               गत शताब्दीको असीको दशकदेखि यता, छिङहाइको पूर्वी भागमा पर्ने सिनिङ शहर, मिनह जिल्ला, ह्वाङ युआन जिल्ला तथा ह्वी त जिल्लामा तिब्बती कार्पेट कारखानाको निर्माण बढ्दै आएको छ। हाते तिब्बती कार्पेट ठूलो परिधिमा उत्पादन गरिँदै आएको छ। त्यसपछि लामो इतिहास बोकेको हाते तिब्बती कार्पेट पशुपालक क्षेत्रमा पर्ने वर्कशप छिङहाइ-तिब्बत पठारभूमिबाट विश्वउन्मुख हुन थाल्यो। आज आएर, चीनबाट निर्यात गरिने तिब्बती कार्पेटमा छिङहाइ हाते तिब्बती कार्पेट कूल निर्यातको नब्बे प्रतिशत ओगटेको छ र युरोप, अमेरिकालगायतका दशौं मुलुक तथा क्षेत्रमा बिक्री गरिन्छ।

                छिङहाइ प्रान्तीय ह्वाङ चुङ जिल्लाको सिनचुआङ गाँउबस्तीमा सेतो इँटबाट बनाइएको नयाँ भवन तिब्बती कार्पेट बुन्ने जोडाको नयाँ घर हो। श्रीमान स्ये आन फिङ तथा आफ्नी श्रीमतीले हरेक वर्ष तिब्बती कार्पेट बनाएर लगभग बीस हजार युआन बराबर आम्दानी गर्ने गर्दछन्। आफूबारे जानकारी दिँदै श्री स्ये आन फिङले भनेः "सन्1994मा मैले तिब्बती कार्पेट बुन्न सिक्न थालेको थिएँ। गाँउमा खेतीबाली गर्न व्यस्त भएको बेला म खेती गर्ने गर्दछु र खेती गर्न व्यस्त नभएको बेला म तिब्बती कार्पेट बुन्ने गर्दछु।"

               सन् 2004देखि छिङहाइ प्रान्तमा हरेक वर्षमा अन्तर्राष्ट्रिय तिब्बती कार्पेट मेला आयोजित हुने गर्दछ। मेलामा मानिसहरूसमक्ष छिङहाइ हाते तिब्बती कार्पेटको सुन्दरता देखाउनुका साथै छिङहाइ प्रान्तलाई अन्तर्राष्ट्रिय तिब्बती कार्पेट उत्पादन केन्द्र बनाउन प्रयास गर्दछ। आजआएर छिङहाइ प्रान्तबाट उत्पादित तिब्बती कार्पेटको किसिम छब्बीसदेखि एक सय तीससम्ममा विस्तारित भएको छ र छ वटा राष्ट्रिय पेटेन्ट प्राप्त गरिएको छ। लामो इतिहास बोक्ने तिब्बती कार्पेटमा नयाँ जीवन्त शक्ति देखा पर्दैछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह