आज तिब्बती पात्रको नववर्षको पहिलो दिन हो। चीनको स छ्वानको कान च तिब्बती जातीय स्वायत्त राज्यमा बस्ने तिब्बती जातीय सर्वसाधारणले तिब्बती नववर्ष मनाउनका लागि राम्रा लुगा लगाउँदै सडकमा गएर नववर्षका लागि खाद्य पदार्थ र किताब किन्दै र नाचगान हेरेका छन्।
तिब्बती पात्रो अनुसारको नववर्षको अवधिमा कान च राज्यको नाचगान मण्डलले "खुसी पठाउनु"शीर्षकमा साँस्कृतिक प्रदर्शनी गरेको छ। सो प्रदर्शनी मण्डलले एकाईस तारिखदेखि खाङ्ग तिङ्ग जिल्लाबाट प्रस्थान गरी बाटोमा प्रदर्शनी गरेको हो। तिनका साँस्कृतिक कार्यक्रममा गीत गाउने, नृत्य गर्ने र लुगा प्रदर्शन गर्ने आदि विषय समाबेश छन्।