फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली राजदूतद्वारा सीआरआईको अवलोकन भ्रमण

(GMT+08:00) 2017-05-03 16:58:59

चीनले यही मे महिनाको मध्यममा आयोजना गर्न लागेको बेल्ट एण्ड रोड इनिसिएटिभ शिखर सम्मेलनमा नेपालका उपप्रधान तथा अर्थमन्त्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डल सहभागी हुने जनाउँदै सोही अवसरमा नेपालले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ कार्यक्रममा हस्ताक्षर गर्ने जानकारी दिनुभयो। बेल्ट एण्ड रोड इनिसिएटिभमा सहभागी हुँदा नेपाललाई बहुआयामिक रुपमा फाइदा हुँने बताउँदै नेपालको यातायातको पूर्वाधार, उर्जा विकास, कृषि, पर्यटन लगायतका क्षेत्रमा ठूलो प्रगति हुने उहाँले बताउनुभयो। उहाँले बेल्ट एण्ड रोड इनिसिएटिभको शिखर सम्मेलनको भव्य सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो।

आफू पनि सीआरआई नेपाली श्रोताको पुरानो श्रोता भएको बताउँदै उहाँले सीआरआई नेपाली सेवाले

नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई जनस्तरमा पुर्‍याउन गरिरहेको कार्यको प्रशंसा गर्नुभयो।

1 2 3
जानकारी तथा लेखहरु