फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली राजदूतद्वारा सीआरआईको अवलोकन भ्रमण

(GMT+08:00) 2017-05-03 16:58:59

सीआरआईको भ्रमणका अवसरमा उहाँले सीआरआईका उपमहानिर्देशक ली फिङसँग दुई पक्षीय वार्ता गर्नुभयो। भेटमा ली फिङले नेपालीहरुले चीनलाई माया गर्ने र आदर सत्कार गर्ने भएकाले चिनियाँ पर्यटक बढिरहेको उल्लेख गर्दै चीनका बारेमा राम्रा मित्र र अनुभवी व्यक्ति राजदूत भएर आउनु भएकोमा पौडेललाई हार्दिक स्वागत गर्नुभयो। भेटमा राजदूत पौडैलले विश्वमा शान्ति र भातृत्व फैलाउन सीआरआईको भूमिकाको प्रशंसा गर्दै नेपालमा चीनका लागि यथार्थ जानकारी दिने कार्यमा विगत 42 वर्षदेखि सीआरआईले अहोरात्र काम गरिरहेकोमा खुशी प्रकट गर्नुभयो। दुई वर्ष अगाडि नेपालमा भूकम्प गएको बेला सीआरआई नेपाली सेवाले गरेको विशेष कार्यको पनि उहाँले प्रशंसा गर्नुभयो। राजदूत पौडेलले सीआरआईको दक्षिण एसिया केन्द्रका प्रमुख सुन चिनलीसँग पनि कुराकानी र छलफल गर्नुभएको छ।


1 2 3
जानकारी तथा लेखहरु