फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालप्रति राष्ट्राध्यक्ष सीको प्रेम भावना

(GMT+08:00) 2020-10-12 18:13:32
"नेपालको यो भ्रमण मेरो पहिलो हो, तथापि मेरो लागि नेपाल अपरिचित छैन। यहाँका शानदार र सुन्दर हिमालय तथा विशिष्ट संस्कृतिले मलाई विशेष आकर्षण गरेको छ। मैले धेरै पटक चीन भ्रमणमा आउनुभएका नेपाली नेताहरुसँग भेटघाट गरी उहाँहरुसँग गहिरो मित्रता गाँसेको छु। साथै यस मनोहर भूमिमा गएर नेपाली साथीहरुसँग मित्रता बढाउने, सहयोगबारे कुराकानी गर्ने र दुई देश बीचको सम्बन्धको विकासको नयाँ खाकाबारे कुराकानी गर्ने अपेक्षा पनि गरेको थिएँ।" सन् २०१९ मा नेपालको राजकीय भ्रमणअघि "हिमालय पार गर्ने मित्रतालाई नयाँ उचाइमा पुर्‍याऔं" शीर्षकमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङको नामसहित उक्त लेख नेपाली समाचार-पत्रमा छापिएको थियो। उक्त लेखमा भनिएजस्तै, राष्ट्राध्यक्ष सीले नेपालको विकासलाई ध्यान दिइ  नेपाल "बेल्ट एण्ड रोड" प्रस्तावमा सहभागी भएकोमा नेपाललाई हार्दिक स्वागत गर्नुभएको थियो। यसका साथै उहाँले आपसी सहयोगलाई सबल पारी उज्ज्यालो भविश्य सिर्जना गर्न आह्वान पनि गर्नुभएको थियो।

सन् २०१५ को मार्च २८ तारिख राष्ट्राध्यक्ष सीले हाई नान प्रान्तको पो आउ राष्ट्रिय अतिथि भवनमा नेपालका निवर्तमान राष्ट्रपति रामवरण यादवसँग भेटघाट गर्नुभएको थियो। राष्ट्राध्यक्षको पद सम्हालेपछि सीले नेपालका राष्ट्रपतिसँग गर्नुभएको यो भेटघाट पहिलो थियो।

सो भेटघाटमा सीले चीन र नेपाल असल छिमेकी मुलुकहरु हुन् भन्दै ठूलो र सानो मुलुक बीच शान्तिपूर्ण सह-अस्तित्व र आपसी हित तथा सहयोगका लागि एउटा नमूना रहेको औंल्याउनुभएको थियो।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु