फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# चिनियाँहरुका जातीय महोत्सव -1

(GMT+08:00) 2020-02-04 10:01:02

तर वास्तवमा चीन बहुजातीय देश हो। प्रत्येक जातिसँग आ-आफ्ना विशेष तथा महत्वपूर्ण चाडवाड छन्। चीनमा अल्पसंख्यक जातिहरुको महोत्सवमा विविध कार्यक्रमको आयोजना गरिन्छ। जस्तो तिब्बती पात्रो अनुसार तिब्बतीहरुको नव वर्ष, ताई जातिको पानी छ्याप्ने चाड, ली जातिको राँको चाड, पाइ जातिको मार्च महिनाको महोत्सव, चुआङ्ग जातिको गीत महोत्सव, मंगोलियाली जातिको नादामु समारोह आदि आदि। यसमा केही स्थानीय सरकारले यी जातीय महोत्सवको अवधिमा नियमित रुपमा छुट्टि दिन्छन्। जस्तो तिब्बती जातिलाई नव वर्षका अवसरमा विदा दिइन्छ। मुसलमानहरु इद पर्वमा पनि छुट्टी पाउँछन्। यी अल्पसंख्यक जातिहरू कसरी आफ्ना चाड मनाउँछन्?

चीनमा इस्लाम धर्मको प्रवेश सातौं शताब्दीमा भएको थियो। चीनमा ह्वै, युगुर, तातार, किर्गिज, कजाख, उज्वेक, तुङ्ग स्याङ्ग, साला, पाउ आन आदि अल्पसंख्यक जातिहरुका एक करोड असी लाख जति मानिसहरु धेरैजसो इस्लाम धर्म मान्दछन। चीनमा मुसलमानहरुको बसोबास सिनच्याङ्ग युगुर स्वायत्त प्रदेश, निङ्ग स्या ह्वै स्वायत्त प्रदेश, कान सु, छिङ्ग हाइ तथा युन नान प्रान्तमा रहेको छ। अन्य प्रान्त अथवा शहरहरुमा पनि फाटफुट मुसलमानहरुको बसोबास रहेको छ। हाल चीनमा मस्जिदहरुको संख्या तीस हजार भन्दा बढी छ। इमाम, मुल्लाको संख्या चालीस हजार छ।

1  2  3  
जानकारी तथा लेखहरु