फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# चिनियाँहरुका जातीय महोत्सव -1

(GMT+08:00) 2020-02-04 10:01:02

इस्लाम धर्मावलम्वीहरुको इद पर्व

इद पर्व इस्लाम धर्मको परम्परागत वार्षिक महोत्सव हो। अरबेली भाषामा यसलाई इद पर्व भनिन्छ। इदको अर्थ चाड नै हो। अनि इद पर्वमा पशु बलि चढाउने गरिन्छ। यसैले इद पर्वलाई साधारणतः इद-उल-अदा भनिन्छ। चीनका व्है, युगूर, कजाख, उज्वेक, ताजिक, तातार, किर्गिज, शाला, तोङ्गश्याङ्ग, पाउ आन जस्ता इस्लामी धर्म मान्ने जातिहरुको साझा महोत्सव हो यो। इस्लामी धर्मको पात्रो अनुसार हरेक वर्षको 12 औं महिनाको 10 गते इद पर्व पर्दछ। इद पर्व आउनु अघि प्रत्येक परिवारले घरमा सरसफाई गर्दै थरि थरिका केकहरु बनाउनुपर्छ। मुसलमानहरुले इद पर्वको बिहान सबेरै नुहाएपछि पूजा-आजा गर्नुपर्छ। सफा र राम्रो लुगा लगाएर मस्जिदमा बसेर आहुङ्गले वाचन गरेको कुरान सुन्नुपर्छ। यस अवसरमा प्रत्येक परिवारले बाख्रो वा खसी, उँट वा गाई-गोरु मारी यी पशुहरुको मासु घनिष्ट मित्रहरुलाई वितरण गर्छन् र आफ्नो घरमा आएका अतिथिहरु सँगसँगै बसेर मासु, केक र फलफूल खान्छन्। यिनीहरु आपसमा घनिष्ट रुपमा गफ गर्छन्। चीनको सिन च्याङ्ग स्वायत्त प्रदेशमा बस्ने युगूर जातिले इद पर्वमा भव्य नाच-गानको आयोजना गर्छन्। कजाख, किर्गिज, ताजिक, उज्वेक जस्ता जातिहरु इद पर्व बिताउँदा मुखले खसी उठाउने, घोडादौड र कुश्ती जस्ता कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ।


1  2  3  
जानकारी तथा लेखहरु