फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# हरित यात्रा मानिसद्वारा क्रमशःस्वीकार

(GMT+08:00) 2020-02-07 11:15:48

चङ, अनलाइन गाडी हेलिङका चालक हुन्। उनले चलाउने मोटर गाडी नयाँ ऊर्जा मोटर गाडी हो। उनको विचारमा नयाँ ऊर्जा मोटर गाडीको लागत सस्तो छ। उनी भन्छन् "आर्थिक लागतबाट हेर्दा नयाँ ऊर्जा मोटर गाडि पेट्रोलियम मोटर गाडीभन्दा सस्तो छ। हाल मैले गाडीमा ए.सी.खोलेर केही बिजुली खपत गरेको छु। एक दिनमा एक सय चिनियाँ युआनको खर्चले पुग्छ। मैले पेट्रोलियम मोटर गाडी चलाउने हो भने एक दिनमा पेट्रोलको खर्च कम्तीमा दुई सय चिनियाँ युआन पुग्छ।"

हाल अझै धेरै चिनियाँहरूले नयाँ ऊर्जा मोटर गाडी चलाउन थालेका छन्। एकातिर चीनका केही ठूला तथा मझौला शहरमा वातावरणीय संरक्षणका लागि परम्परागत पेट्रोलियम मोटर गाडिको खरीद र प्रयोगमा धेरै सीमितता छ। अर्कातिर मानिसको विचारमा हाल नयाँ ऊर्जा मोटर गाडी चलाउन सजिलो छ। एक नयाँ ऊर्जा मोटर गाडी चार एस पसलका बिक्री प्रबन्धक वाङ च्याङ सिङले पत्रकारलाई भने, उनको पसलको नयाँ ऊर्जा मोटर गाडीको बिक्री मात्रा राम्रो भएको छ। उनी भन्छन् "हाम्रो ट्रेड मार्काको नयाँ ऊर्जा मोटर गाडीको एक महिनाको बिक्री मात्रा करीब तीन सय वटादेखि चार सय वटासम्म छ।"

1  2  3  
जानकारी तथा लेखहरु