फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# महामारीको अवस्थामा तिब्बतीहरूको नव वर्षको नयाँ तरिका

(GMT+08:00) 2020-02-25 10:16:53

पहिले नयाँ वर्षको पहिलो दिनमा हामीहरूले बसोबास क्षेत्रको चोकमा भेला भएर मीठा खाना खाँदा सँगसँगै एक-अर्कालाई मंगलमय शुभकामना आदान प्रदान गर्थ्यौं। ज्यादै रमाइलो हुन्थ्यो। चालु वर्ष हामीले परिवारका सदस्यहरूसँग शान्तिपूर्ण रूपमा नव वर्ष मनायौँ। केही छैन, स्वास्थ्य अरू कुनैभन्दा पनि महत्वपूर्ण भएको हामीले बुझ्यौँ। महामारी पूरा भएपछि हामी फेरि भेला भएर चाड मनाउनेछौँ।

नयाँ कोरोनाभाइरसको महामारीको रोकथाम तथा नियन्त्रण गर्न ल्हासा शहरको बसोबास क्षेत्रले प्रवेश तथा बाहिर जाने व्यक्तिको दर्ता तथा व्यवस्थापनलाई सबल पारेको छ। चानतुङआङ बसोबास क्षेत्रबाट पूर्वतिर बीस मिटरमा साग पसल छ। सरकारको व्यवस्थामा ल्हासा शहरका व्यवस्थामा ल्हासा शहरका ३६ वटा साग पसलमा नयाँ वर्ष मनाउने विविध किसिमका परम्परागत खाना किन्न सकिन्छ। पसलको विक्रेता भूपुचासीले यसरी जानकारी दिनुभयो-

खा साइ नामक खाना, जौको बिरुवा आदि बासिन्दाहरूले के के माग गरेमा मैले छिटै कम्पनीलाई फोन गरेर जानकारी दिन्छु। कम्पनीले हरेक पसलमा पठाउने गर्दछ। बासिन्दाले सामान ल्याउन असुविधा छ। त्यसैले मैले उनीहरूलाई सामान पठाउँछु। हरेक विहान ७ बजेदेखि राति ८ बजेसम्म हामीले बासिन्दालाई राम्ररी सेवा दिने गर्छौं।

1  2  3  
जानकारी तथा लेखहरु