china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रतिभा
    (GMT+08:00) 2008-03-03 16:37:22    

                  हाल चीनमा दुइवटा राष्ट्रिय महाधिवेशनको आयोजना भइरहेको छ। चिनियाँ जनता र विश्वका जनताले यस भव्य समारोहमाथि घनिष्ठ नजर पुर्‍याइरहेका छन्। यसले रेडियो प्रसारणसम्बन्धी काममा लागेको एकजना कामदारको हैसियतमा म अरु मानिसहरुभन्दा झन् प्रफुल्ल भएकी छु। किनकि आफ्नो कामबाट मैले दुईवटा वार्षिक राष्ट्रिय महाधिवेशनको महत्वपूर्ण अर्थ र यसले सर्वसाधारणहरुलाई ल्याइने ठोस फाइदाको झन् अनुभव गर्नसकेकी छु। यस अमूल्य घडीमा म तपाईं श्रोता साथीहरुलाई मेरो मनमा लागेको उदगार व्यक्त गर्दै खुशी बाँड्नचाहन्छु।

                 वर्षमा एक पटक आयोजित हुने यी दुईवटा राष्ट्रिय महाधिवेशनमा सरकारी नेतागण तथा चिनियाँ जन-कांग्रेसको स्थायी समितिकाका प्रतिनिधिहरु र चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्यहरुलाई सँगै बसेर राष्ट्र निर्माण तथा सर्वसाधारणको जीवनयापन लगायतका विषयहरुबारे चौतर्फी र व्यावहारिक रुपमा छलफल हुने मौका मिल्दछ। यसले गर्दा समुचित र प्रभावकारी नीतिको तर्जुमा गर्नसकिने छ जुन राष्ट्रिय निर्माणका लागि हितकर हुनेछ। एकजना चिनियाँको नाताले मलाई अत्यन्तै गौरव लागेको छ। मैले अर्थ जगत नियमित कार्यक्रमको जिम्मा लिएको एक वर्षभन्दा बढी भैसकेको छ। एक वर्षभन्दा बढी समयमा मैले चीनको अर्थतन्त्रसित सम्बन्धित विभिन्न क्षेत्रका विषयहरु बारे तपाईंहरुलाई जानकारी दिंदैआएकी छु। यसबाट मैले चीनको राष्ट्रिय अर्थतन्त्रको ठूलो विकास र विभिन्न क्षेत्रको स्थानीय विशेषतायुक्त अर्थतन्त्रले हासिल गरेको उपलब्धिबारे जानकारी हासिल गरेकी छु। चीनको अर्थतन्त्रमा भएको ठूलो परिवर्तनको प्रतिफल हाम्रो जीवनमा जताजतै देख्नपाइन्छ। जस्तै भनौं, विगत दुई वर्षदेखि यता पैचिंगमा निजी मोटर-गाडीहरुको संख्या झन-झन बढ्दैगएको छ। हाम्रो छेउछाउका उदाहरणबाट हेर्दा पनि शेयर र कोषसम्बन्धी काम गरेर पैसा जुटाउने मानिसहरुको संख्या झन-झन बढ्दो छ। सर्वसाधारणले मनोरञ्जनका क्षेत्रमा प्रयोग गर्ने खर्च झन-झन बढिरहेको छ। यी सबै कुराहरु चीनको आर्थिक विकासले सर्वसाधारणलाई दिलाका ठोस फाइदा हुन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040