china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ललिता
    (GMT+08:00) 2008-03-03 17:23:31    

                        हरेक वर्ष आयोजित हुने चीनका दुइवटा राष्ट्रिय अधिवेशनको कारवाई चलिरहेको छ। यी दुइवटा राष्ट्रिय अधिवेशन— चिनियाँ राष्ट्रिय जन-कांग्रेस र चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका अधिवेशन हुन। यी दुइवटा अधिवेशनका अवसरमा हामी नेपाली सेवाका सबै सदस्यहरु र हाम्रा सी.आर.आई.का सबै सदस्यहरुले निकै मिहिनेतका साथ काम गर्नुपर्छ। हरेक वर्ष हुने चीनका दुइवटा राष्ट्रिय अधिवेशनले चिनियाँ जनताको राजनैतिक जीवनमा ठूलो भूमिका निर्वाह गर्दछन। यस बेला राष्ट्रभरिका मानिसहरुको ध्यान पैचिङ्गमा केन्द्रित भएको हुन्छ। साथै, यी दुइवटा ठूला अधिवेशनका बारेमा समाचार संकलन गर्नका लागि विश्वका कतिपय मुलुकका धेरै सम्वाददाताहरु पैचिङ्ग पुगेका छन। उनीहरुमध्ये नेपाली पत्रकार पनि छन। यस पटकका दुइवटा अधिवेशन र त्यस अघिका अधिवेशनहरुबीच अलि भिन्नता छ।

                   पहिलो, गत वर्ष चिनियाँ कम्युनिष्ठ पार्टीको सत्रौं महाधिवेशनको आयोजना भएको थियो। त्यसपछि नभेम्बर महिनाको शुरुदेखि विभिन्न प्रान्तको विकासका बारेमा जानकारी दिनका लागि अरु सातवटा सञ्चार माध्यका पत्रकारसँगै मैले एक महिनासम्म चीनको च्याङ्ग सु प्रान्तमा रहेर त्यहाँका बासिन्दाहरुसङ्ग कुराकानी गरेकी थिएँ। आर्थिक दृष्टिकोणले च्याङ्ग सु प्रान्त चीनका विकसित प्रान्तहरुमध्येको एक हो। त्यहाँका बासिन्दाहरुको जीवन सुरक्षित र सुखी छ। अर्थतन्त्रको विकास गर्न र जनताको जीवनस्तर उकास्नका लागि प्रान्त र शहरका सरकारहरुले धेरै कदम चाल्दैआएका छन। च्याङ्ग सु प्रान्तमा वातावरण संरक्षण गर्ने, किसानहरुको जीवनमा सुधार पार्ने आदि क्षेत्रमा ठूलो प्रगति हासिल गरिएको छ। हामी सम्वाददाताहरुले त्यहाँ चीनको पूर्णरुपमा सम्पन्न समाजको निर्माण गर्ने लक्ष्यलाई साकार तुल्याउनसकिने संकेत पाउन सक्छौं। यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं महाधिवेशपछिको पहिलो वर्ष हो। यसैले यस वर्ष भैरहेका यी दुइवटा अधिवेशनको महत्वपूर्ण अर्थ छ।

                    दोश्रो, यस वर्षको अगष्ठ महिनामा 29औं ओलम्पिक खेलकुद पैचिङ्गमा आयोजित हुनेछ। यसैले चीन र चीनको राजधानी पैचिङ्गमा विश्वको ध्यान केन्द्रित भएको छ।

                   त्यसैले यस बेला आयोजित यी दुइवटा अधिवेशन यस अघिका अधिवेशनभन्दा अझ महत्वपूर्ण छन। त्यसैले यस वर्षका अधिवेशनका नयाँ विषय र नयाँ कदमप्रति सर्वसाधारणको ध्यान आकर्षित भएको छ।

                  हाम्रो सी.आर.आई.ले विश्वसमक्ष चीनबारे जानकारी दिने अधिकार वहन गर्नेगरेको छ। यति महत्वपूर्ण यी दुइवटा अधिवेशनका बारेमा कसरी राम्रोसँग जानकारी दिने भन्ने कुरा हालका लागि हाम्रो मुख्य कार्य हो। यस बारेमा हाम्रा प्रिय श्रोताहरुलाई अझ बढी जानकारी दिनका लागि मलगायतका हामी सबै सदस्यहरुले प्रयास गर्नेछौं। हाम्रो प्रयासले तपाईंहरुलाई संतुष्ट पार्ने आशा हामीले गरेका छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040