china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हिमा
    (GMT+08:00) 2008-03-03 17:25:56    

                  यस वर्ष चीनमा सुधार तथा खुलापनको नीति लागू भएको तीसौं वार्षिकोत्सव हो। विगत तीस वर्षको अवधिमा चीनले विविध क्षेत्रमा प्रशस्त उपलव्धि हासिल गरेको छ र हाम्रो जीवनको स्तर पनि ठूलो मात्रामा उकासिएको छ। जस्तो भनौं, मेरो व्यक्तिगत अनुभवबाट हेर्दा, मेरा आमा-बाबु तीस वर्षको लामो समयपछि मात्र घर किन्न समर्थ हुनुभएको छ भने मैले काम शुरु गरेको नौ वर्षमै घर र कार पनि किनिसकेको छु। यी कुराहरु मेरा आमा-बाबुले त्यति बेला सोच्न पनि नसक्ने कुरा हुन। आउने अर्को दश वर्षमा मेरो जीवन अरु सुखद हुने कुराम म निकै आशाबादी छु। यस पटकका यी दुइवटा महत्वपूर्ण अधिवेशनका अवधिमा म जस्तै सामान्य चिनियाँहरुको जीवनलाई उच्चस्तरमा पुर्‍याउने धेरै कदमहरुबारे छलफल गरिने छ। यी विषयमा मैले ध्यान पुर्‍याइरहेको छु। 

                 मेरो ध्यान आकर्षित गरेको अर्को कुरा भनेको, यसै वर्षको अगष्ट महिनामा आयोजना हुने पैचिङ्ग ओलम्पिक खेलकूद हो। अहिलेदेखि गणना गर्दा ओलम्पिक खेलकूदको आयोजना हुन पाँच महिना मात्रै बाँकी छ। यस खेलकूदका अवधिमा पैचिङ्ग नगरपालिकाले यातायातको सुधारसम्बन्धी केही कदमहरु चाल्ने छ। ओलम्पिक खेलकूदको समर्थन गर्न तथा पैचिङ्गको वातावरणलाई अझ सुधार गर्नका लागि मैले पनि मेरो कार केही समयका लागि घरैमा छोडेर सार्वजनिक यातायातको प्रयोग गर्ने निर्णय गरिसकेको छु।

                 केही समयअघिको हिमपातको प्रकोपबाट ग्रस्त चीनको दक्षिणी भागमा मानिसहरुप्रति हाम्रो ध्यान तथा मन तानिएको छ। सरकारले ती क्षेत्रहरुका लागि विशेष रकम तथा सामग्री पुर्‍याएको छ। सामान्य चिनियाँको हैसियतले हामीले पनि ती हाम्रा दाजु-भाइ, दिदी-बहिनीहरुलाई सहयोग गरेका छौं। चालू वर्ष उनीहरुको जीवन राम्रो होस भन्ने मेरो हार्दिक शुभकामना छ। म लगायतका धेरै चिनियाँहरुले प्रकोप प्रभावित मानिसहरुप्रति ध्यान पुर्‍याउँदैजाने छौं। उनीहरुलाई आवश्यक सहयोग गर्न हामी तत्पर छौं।

              अन्तमा यस पटकका यी दुइवटा अधिवेशन सफल होउन भन्ने दिलैदेखिको शुभकामना छ, र यी अधिवेशनका जन-मुखी निर्णयको प्रभावमा म लगायतका सबै चिनियाँहरुको जीवन अझ सुखी हुनसकोस भन्ने हार्दिक आशा छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040