china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुमेघा
    (GMT+08:00) 2008-03-03 17:51:15    

                   यस वर्षको वसन्त चाड मनाउनका लागि म मेरो घर—फु च्येन प्रान्त फर्केकी थिएँ। घर फर्कने क्रममा मैले रेलमा पैचिंगमा काम गर्ने एकजना मजदूरलाई भेटेकी थिएँ। मसङ्गको कुराकानीका क्रममा उनले भनेः

                 मेरो छोरा पैचिंगमा पढिरहेको छ। त्यसका लागि पहिले मैले धेरै पैसा तिर्नुपर्थ्यो। तर अहिले हामीले त्यसका लागि पैचिंगका स्थानीय केटा-केटीले तिर्नुपर्ने शुल्कभन्दा पनि कम तिरे पुग्छ। यसले हाम्रो बोझ निकै घटेको छ जसले हामीलाई साह्रै खुशी तुल्याएको छ। पैचिङमा काम गर्नका लागि चाहिने प्रमाण-पत्र पाउन अहिले पहिलेभन्दा सजिलो छ। म एकजना कृषक हुँ। पहिले हामी हरेक वर्ष सरकारलाई कृषि कर बुझाउँथ्यौं। अहिले यस्तो कर मिनाहा गरिएको छ जसबाट हाम्रो बोझ घटेको छ।

                 सरकारले हामी सर्वसाधारणका लागि साँच्चीकै धेरै हितकर काम गरेको छ। मैले प्राथमिक विद्यालयमा अध्ययन गर्दा हरेक सत्रमा केही शैक्षिक शुल्क बुझाउनुपर्थ्यो। तर अहिले भने शैक्षिक शुल्क मिनाहा गरिएकाले खालि किताबको मूल्य मात्र तिरे पुग्छ। हाल प्राथमिक विद्यालयमा पढिरहेको मेरो भतिजाले मसँग कुराकानी गर्दै उसले अहिले हरेक सत्र चौरानब्बे चिनियाँ युआन मात्र बुझाए पुग्ने कुराको जानकारी दिएको थियो। अहिले कति सस्तो है।

                 चीन सरकारले केही समयअघि करको परिधिमा पर्ने न्यूनतम रकमलाई पहिलेको एक हजार छ सयबाट बढाएर दुइ हजार चिनियाँ युआनमा पुर्‍याएको छ जसका कारण मैले कर तिर्नुपर्दैन। समष्टिगत रुपमा भन्नुपर्दा, यस नियमले अधिकांश व्यक्तिको आम्दानी बढाएको देखिन्छ। यस वर्षको आरम्भमा चीनमा ठूलो हिमपात भए तापनि उत्पादन मूल्य सूची र उपभोक्ता मूल्य सूचीमा लगातार वृद्धि भएको छ। मेरा धेरै साथीहरुले शेयर किनेका छन। यसबाट मानिसहरुको अतिरिक्त पैसाको परिमाण बढेको देखिन्छ। छोटो समयमै टेलिभिजन कार्यक्रमहरुमा पैसा जुटाउने जस्ता बैकिंग ज्ञानसम्बन्धी धेरै कार्यक्रमहरु देखाइएका छन। बितेका दुइ वर्षमा पैचिंगमा घरको मूल्यमा द्रुत गतिले वृद्धि भएको छ। यस कारण मेरा धेरै साथीहरुलाई घर किन्नु कठिन कुरा भएको छ। चीन सरकारले हालै घरको मूल्यमा नियन्त्रण गर्ने निर्णय गरेको छ। यस निर्णयबाट घरको मूल्य कम हुने आशा मैले गरेकी छु। अहिले चीनका दुइवटा महत्वपूर्ण अधिवेशन चलिरहेका छन। चीन सरकारले हामी सर्वसाधारणका लागि अझ बढी फाइदाकारी योजना तर्जुमा गर्ने प्रतिक्षामा हामी सबै छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040