china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको नयाँ राष्ट्रिय समितिको प्रथम अधिवेशन शुरु
    (GMT+08:00) 2008-03-03 18:13:49    

                चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको नयाँ राष्ट्रिय समितिको प्रथम अधिवेशन आज पैचिङमा शुरु भयो। यस पटकको अधिवेशनमा चीनका विभिन्न ठाउँका दुइ हजारभन्दा बढी सदस्यको सहभागिता रहेको छ।

               चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुपार्टी सहयोग तथा राजनैतिक परामर्शको महत्वपूर्ण संस्था हो। यसका राष्ट्रिय समिति तथा विभिन्न स्थानीय समिति हुन्छन। सम्बन्धित नियमानुसार, चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको कार्यावधि पाँच वर्षको हुन्छ। आज शुरु भएको यस पटकको अधिवेशन चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको नयाँ राष्ट्रिय समितिको प्रथम वार्षिक अधिवेशन हो। श्री हु चिन थाउ, श्री ऊ पांग को, श्री वन च्या पाउ र श्री च्या छिंग लिनलगायत चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका नेतागण आजको उद्‍घाटन समारोहमा सहभागी हुनुभएको छ।

              आजको अधिवेशनमा श्री च्या छिंग लिनले दशौं राष्ट्रिय समितिको स्थायी समितिका तर्फबाट सम्पूर्ण सदस्यसमक्ष कार्य-प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। सो अवसरमा उहाँले विगत पाँच वर्षदेखि यता आफ्नो समितिको कार्य र यसबाट प्राप्त अनुभवको निचोड निकालेर नयाँ राष्ट्रिय समितिको कार्यबारे सुझाव प्रस्तुत गर्नुभएको छ। विगत पाँच वर्षमा चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको दशौं राष्ट्रिय समितिले देशको केन्द्रीय कार्यबमोजिम राजनैतिक परामर्श, प्रजातान्त्रिक अनुगमन र राजनैतिक शासनमा सहभागीता र यसबारे परामर्श क्षमताको सक्रियताका साथ कार्यान्वयन गरी समाजवादी आर्थिक, राजनैतिक, सांस्कृतिक र सामाजिक निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याएको कुरा बताउनुभएको छ। उहाँले अगाडि भन्नुभयोः

              "विगत पाँच वर्षमा हामीले एघारौं पञ्च-वर्षीय योजनाको तर्जुमा तथा कार्यान्वयन, समाजवादी मेलमिलापयुक्त समाजको निर्माण, समष्टिगत नियन्त्रणको सबलीकरण तथा सुधार, नयाँ समाजवादी ग्रामीण क्षेत्रको निर्माण, नयाँ-सिर्जनायुक्त मुलुकको निर्माण, स्रोतको किफायत तथा वातावरणको संरक्षणयुक्त समाजको निर्माण र आर्थिक बनौटको सामञ्जस्य तथा विकासको तरिकामा परिवर्तन आदि महत्वपूर्ण विषयबारे प्रशस्त राय-सुझाव प्रस्तुत गरेका छौं।

               चीनका विभिन्न राजनैतिक दल, विभिन्न जाति र विभिन्न क्षेत्रका व्यक्तिहरुले राजनैतिक शासनमा संयुक्तरुपमा भाग लिएर यसबारे छलफल गर्ने सर्वोच्च परामर्शदात्री संस्थाका रुपमा रहने चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको हरेक पटकको वार्षिक अधिवेशनका क्रममा ती सदस्यहरुले देशको राजनैतिक कार्य-नीति र सर्वसाधारणले ध्यान पुर्‍याउने चर्चित विषयबारे आ-आफ्नो मत तथा सुझाउ प्रस्तुत गर्नेगर्नुभएको छ। श्री च्या छिंग लिनले आज प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार, चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको दशौं राष्ट्रिय समितिको विगत पाँच वर्षको कार्यावधिमा चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको स्थायी समितिले ती सदस्यहरुबाट पेश गरिएका प्रस्तावहरुको संख्या तेइस हजारभन्दा बढी पुगेको छ। तीमध्ये सर्वसाधारणको भावना तथा मन्तव्य समेटिएका प्रस्तावहरुको संख्या छ हजार छ सयभन्दा बढी पुगेको छ।

                 यस्ता थुप्रै मत तथा सुझावलाई सरकारका सम्बन्धित निर्णयमा भित्र्याइएको छ। यसबारे शांगहाई यातायात विश्वविद्यालयबाट आउनुभएका सदस्य वांग सीले ठूलो अनुभव प्राप्त गर्नुभएको छ। केही वर्षअघि उहाँले स्रोतको किफायतबारे प्रस्तुत गर्नुभएको प्रस्तावमा चीनको राष्ट्रिय विकास तथा सुधार समितिले ठूलो महत्व दिएर यसलाई सरकारको निर्णयमा समावेश गरेको थियो। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                  "विगत केही वर्षदेखि यता चीनको राज्य परिषदले स्रोतको किफायत गर्ने तथा फोहरको निष्काशनलाई कम पार्ने विषयबारे अनेक प्रस्ताव सार्वजनिक गरी ठोस लक्ष्य निश्चित गरेको छ। हाल चीनका विभिन्न ठाउँले यी लक्ष्यलाई साकार तुल्याउन सक्रियताका साथ प्रयास गरिरहेका छन। यस क्षेत्रमा चीनले ठूलो प्रगति पनि हासिल गरेको छ।"

                   आजको अधिवेशनमा चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको आगामी पाँच वर्षको कार्यबारे चर्चा गर्दै श्री च्या छिंग लिनले भन्नुभयोः

                 "चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिले वैज्ञानिक तवरबाट विकास भन्ने धारणालाई व्यवहारमा उतार्ने नीतिबमोजिम सबैभन्दा व्यापक जनताको मौलिक अधिकारको संरक्षण तथा विकासलाई आफ्नो कार्यको सबैभन्दा महत्वपूर्ण स्थानमा राखी विभिन्न राजनैतिक दल, जाति, धर्म, तथा क्षेत्र र देशभित्र तथा बाहिर बसोबास गर्ने देश-बन्धुहरु बीचको सम्बन्धको अझ प्रवर्द्धन गर्नेछ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040