china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स छुआन प्रान्तमा भएको हिंसात्मक गतिविधिबारे
    (GMT+08:00) 2008-04-04 17:46:45    

            गत मार्च चौध तारिखका दिन चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासामा कुटपिट, लुटपाट र आगजनी घटना उत्पन्न भएको दुइ दिनपछि अर्थात मार्च सोह्रो तारिखका दिन दक्षिण पश्चिमी चीनमा पर्ने स छुआन प्रान्तको आपा तिब्बत तथा छ्यांग जातीय स्वायत्त क्षेत्रको आपा जिल्लामा पनि उस्तै हिंसात्मक गतिविधि भएको थियो। आपा तिब्बत तथा छ्यांग जातीय स्वायत्त क्षेत्रको स्थनीय सरकार र आपा जिल्लाको स्थानीय सरकारका अधिकारीले हिजो पैचिङ्गमा स्वदेशी र विदेशी पत्रकारसँग कुराकानी गर्नुभएको छ। सो अवसरमा ती अधिकारीहरुले यथेष्ठ प्रमाणबाट त्यहाँ उत्पन्न भएको कुटपिट, लुटपाट र आगजनी घटना नै दलाई समूहले संगठनात्मक रुपमा चालेका हिंसात्मक गतिविधिहरुमध्येको एक रहेको कुरालाई पुष्टी गरिएको छ भन्दै त्यसको उद्देश्य चाहिं सामाजिक स्थायीत्वमा नोक्सानी पुर्‍याएर देशलाई टुक्र्याउने उद्देश्य रहेको कुरा औंल्याउनुभएको छ।

             आपा जिल्ला स छुआन प्रान्तको उत्तर पश्चिमी भागमा पर्दछ। त्यहाँको जनसंख्या लगभग चौंसठी हजार छ। तीमध्ये तिब्बती जातिको जनसंख्या नब्बे प्रतिशतभन्दा बढी छ। गत मार्च सोह्र तारिखका दिन आपा जिल्लामा पर्ने कर्तंग गुम्बाका केही अवैधानिक भिक्षुले तथाकथित तिब्बतको स्वतन्त्रताको झण्डा र दलाईको चित्रलाई उठाउँदै तिब्बतको स्वतन्त्रता सम्बन्धी प्रचार प्रसार सामग्री बाँडेर देशलाई टुक्र्याउने नारा लगाएर आपा जिल्लामा कुटपिट, लुटपाट र आगजनी गतिविधि चालेका थिए। यसबारे जानकारी दिंदै आपा तिब्बत तथा छ्यांग जातिय स्वायत्त क्षेत्रका उप प्रमुख तिब्बती जातिय स्याउ यौ छाईले भन्नुभयोः

            "अवैधानिक तत्वले चौबीस वटा पसल र सार्वजनिक सुरक्षा विभागका दुइटा कार्यालयमा आगजनी गर्नुका साथै प्रहरी तथा सर्वसाधारणका जम्मा एकासी वटा गाडीलाई आगजनी गरी ध्वस्त पारेका छन। तिनीहरुले धेरै निर्दोष सर्वसाधारणलाई कुटपिट गरेका छन भने यस क्रममा घाइते भएका सरकारी संस्थाका कर्मचारी र गश्ती गरिरहेका सार्वजनिक सुरक्षा प्रहरीहरुको संख्या दुइ सयभन्दा बढी पुगेको छ। यस पटकको कुटपिट, लुटपाट र आगजनी जस्ता घटनाबाट पुर्‍याइएको नोक्सानी गत दश वर्षभन्दा बढी समयदेखि यता आपा जिल्लामा प्राप्त वित्तीय आम्दानीको कूल संख्या बराबर रहेको छ।"

               श्री स्याउ यौ छाईले दिनुभएको जानकारी अनुसार गत मार्च अठाईस तारिखका दिन स्थानीय सार्वजनिक सुरक्षा संस्थाले कर्तंग गुम्बामा केही अस्त्र र बम फेला पारेका थिए। तीमध्ये विभिन्न किसिमका बन्दुकको संख्या तीस पुगेको छ भने गोलीको संख्या झण्डै पाँच सय पुगेको छ। यसका अतिरिक्त तथाकथित तिब्बतको स्वतन्त्रता सम्बन्धी हजारौं प्रचार प्रसार सामग्री पनि उक्त कर्तंग गुम्बामा फेला पारिएको छ। गत मार्च चौध तारिखका दिन ल्हासामा भएको कुटपिट, लुटपाट तथा आगजनी घटना र मार्च सोह्र तारिखका दिन आपा जिल्लामा भएको कुटपिट, लुटपाट तथा आगजनी घटना एउटै किसिममा देखिन्छ भन्दै श्री स्याउ यौ छाईले भन्नुभयोः

             "यी कुटपिट, लुटपाट तथा आगजनी घटनामा केही अवैधानिक भिक्षुले देशलाई टुक्र्याउने राजनैतिक नारा लगाएर हिंसात्मक गतिविधि चालेका थिए। यसबाट आपा जिल्लामा भएको कुटपिट, लुटपाट तथा आगजनी घटनामा अलग नभई बरु दलाई समूहद्बारा सञ्चालन गरिएका हिंसात्मक गतिविधिहरुमध्येको एक भाग रहेको कुरा प्रमाणित भएको छ।"

              ठूलो रक्तपात घटना रचेबाट समाजको स्थायीत्वमा नोक्सानी पुर्‍याइनुका साथै देशलाई टुक्र्याउन खोज्नु नै दलाई समहूले कुटपिट, लुटपाट र आगजनी हिंसात्मक घटनाको सञ्चालन र यसमा तथ्यबारे स्पष्ट नभएका सर्वसाधारणलाई प्रयोग गराउने कुचेष्टा रहेको कुरा पनि श्री स्याउ यौ छाईले औंल्याउनुभएको छ।

              गत मार्च सोह्र तारिखका दिन आपा जिल्लामा कुटपिट, लुटपाट र आगजनी हिंसात्मक घटना उत्पन्न भएपछि स्थानीय सरकार तथा सम्बन्धित विभागहरुले तुरुन्तै प्रभावकारी कदम चालेर कानून बमोजिम त्यहाँको परिस्थितिलाई साम्य पारेका छन। यस क्रममा प्रहरी क्षेत्रले सकेसम्म धैर्यतालाई कायमै राखी कानून बमोजिम सम्बन्धित समस्याको समाधान गरेको छ। यसबाट दलाई समूहको कुचेष्टा विफल भयो। हाल आपा जिल्लाको उत्पादन तथा जीवनको व्यवस्था पुनः सामान्य भएको छ भने स्थानीय सर्वसाधारणले पुनः शान्तिपूर्ण तथा सुरक्षित जीवन बिताउन थालेका छन। यसबारे जानकारी दिंदै आपा जिल्लाका प्रमुख वांग च्युनले भन्नुभयोः

             "हाम्रो विद्यालयहरुको परिस्थिति पुनः सामान्य हुनुका साथै अस्पताल र पसलको कारोबार पनि पुनः शुरु भएको छ। यसका अतिरिक्त सागसब्जी बजारमा आपूर्ति बस्तुको संख्या बढी हुनुका साथै मूल्य पनि स्थीर रहेको छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040