china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ बौद्ध धर्म संघद्बारा ल्हासामा गराइएको हिंसात्मक अपराधी घटनाको निन्दा
    (GMT+08:00) 2008-04-04 17:54:41    

             चिनियाँ बौद्ध धर्म संघले आज "क्वाँग मिंग दैनिक"मा " गौतम बुद्धको चेलाले परोपकारी काम गर्नुपर्ने" शीर्षकमा एक लेख प्रकाशित गर्दै हालै तिब्बतको ल्हासालगायतका ठाउँहरुमा मच्चाइएका आश्चर्यजनक कूटपीट, लूटपाट, तोडफोड र आगजनी जस्ता हिंसात्मक अपराधी काण्डको निन्दा र भर्त्सना गरेको छ।

             सो लेखमा भनिएको छ- उक्त हिंसात्मक अपराधी घटनाको उद्देश्य प्रष्टतः खैलावैला मच्चाउनु र ओलिम्पिक खेलकूदलाई बिथोलिदिनु हो। औंलामा गन्न सकिने थोरै संख्याका ऐन विपरितका भिक्षुहरुले पनि उक्त अपराधमा हात हालेको कुराले राष्ट्रिय ऐनलाई उल्लंघन गर्नुका साथै‍ बौद्ध धर्मको नियम विपरित काम गरेको छ। तिनीहरुले गहन रुपमा आत्म आलोचना गर्नुपर्छ र क्षमा माग्नुपर्छ। चिनियाँ बौद्ध धर्म संघले उक्त गम्भीर हिंसात्मक आपराधीक घटनामाथि कारवाई गर्न चीन सरकारले चाल्ने गरेका आवश्यक पाइलाहरुको दृढताका साथ समर्थन दिन्छ।

              यसका साथै चिनियाँ बौद्ध संघले चौध्रौं दलाई लामालाई मातृभूमिलाई टुक्याउन खोज्ने अपराधी कर्तुत नगर्न र हिंसात्मक घटनामा हात हालेका वा टेवा पुर्‍याएका भिक्षुहरुलाई आफ्नो गल्तीको मनन गरी राम्ररी साधना गर्न आव्हान गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040