china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हू चिन थाउद्बारा छिटै हुन लागेको आफ्नो जापान भ्रमण एउटा न्यानो बसन्ते यात्रा हुने विचार व्यक्त
    (GMT+08:00) 2008-05-04 19:33:42    

             चीनका राष्ट्राध्यक्ष हू चिन थाउले छिटै हुन लागेको आफ्नो जापान राजकीय भ्रमण एउटा न्यानो बसन्ते यात्रा हुने विचार व्यक्त गर्नुभयो। उहाँले आज पैचिंगस्थित जापानका सोह्रवटा संचार माध्यमका पत्रकारहरुसंग भएको सामुहिक अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो।

             सो अवसरमा राष्ट्राध्यक्ष हूले दुवै पक्षको साझा प्रयासमा यस पटकको भ्रमणमा पूर्व चिताए जस्तो सफलता प्राप्त हुने सक्ने विश्वास व्यक्त गर्नुभयो।

             पैचिंग ओलिम्पिक खेलकूदको कुरा उठाउँदा राष्ट्राध्यक्ष हू चिन थाउले पैचिंग ओलिम्पिक खेलकूदका विभिन्न तयारी कार्यहरु धुमधामसंग तर व्यवस्थित रुपमा चलीरहेका कुराको जानकारी दिनुभयो। जापानी जनता लगायत विश्वका विभिन्न मुलुकका जनताको व्यापक सहभागीता तथा अन्तरराष्ट्रिय ओलिम्पिक ठूलो परिवारको सशक्त समर्थन पाएर पैचिंग ओलिम्पिक खेलकूद निश्चय नै आफ्नो विशेषतायुक्त उच्च स्तरीय भव्य खेलकूद समारोहको रुपमा सम्पन्न हुन सक्ने कुरामा आफू विश्वास्त रहेको कुरा पनि उहाँले बताउनुभयो।

             चीनको सम्बन्धित विभाग र दलाईको निजी प्रतिनिधिबीच आजै कुराकानी भइसकेको छ भन्दै राष्ट्राध्यक्ष हू चिन थाउले दलाई पक्षले मातृभूमिलाई टुक्र्याउन खोज्ने गतिविधि रोक्ने, हिंसात्मक कर्तुत रच्ने र उक्साउने गतिविधि रोक्ने र पैचिंग ओलिम्पिक खेलकूदलाई बिथोल्ने गतिविधि रोक्ने ठोस कार्यकलाप देखाउनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040