china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारका सम्बन्धित विभागद्बारा दलाईको निजी प्रतिनिधिसँग सम्पर्क
    (GMT+08:00) 2008-05-05 10:20:18    
            दलाई पक्षद्बारा गरिएको अनुरोधमा चीन सरकारका सम्बन्धित विभागका पदाधिकारी चु वि छ्वन र सिथारले हिजो चीनको दक्षिणी शहर शन चैनमा दलाईको निजी प्रतिनिधि लौदी गयारीर खर्साङ्ग गयार्सनसँग वार्ता गर्नुभएको छ।

            श्री चु वि छ्वन र सिथारले चीन सरकारले दलाई पक्षप्रति लिएको नीति स्पष्ट छ र यसलाई सधैं कायम राख्दैआएको कुरा बताउँदै सरकारले दलाई पक्षसँगको वार्ताको ढोका खुला राख्ने कुरा औंल्याउनुभयो।

             प्रत्युत्तरमा श्री लौदी गयारी र खर्साङ्ग गयार्सनले सम्बन्धित विषयबारे आफ्नो विचार व्यक्त गर्नुका साथै यस पटकको वार्ताको अवस्थाबारे दलाईलाई जानकारी दिने कुरा बताउनुभयो।

              यसका साथै, श्री चु वि छ्वन र सिथारले दलाईका निजी प्रतिनिधिद्बारा सोधिएका प्रश्नको जवाफ दिनुका साथै अझ बढी सम्पर्कबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ। यी दुबै पक्षले उचित समयमा फेरि सम्पर्क गर्ने कुरामा सहमति जनाएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040