china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउ न्यानो वसन्तको यात्रा हुन लागेको
    (GMT+08:00) 2008-05-05 18:06:36    
         चीनका राष्ट्राध्यक्ष हु चिन थाउले जापान सरकारको निम्तोमा यसै महिनाको छ तारिखदेखि दश तारिखसम्म जापानको भ्रमण गर्नुहुने कायर्क्रम छ। चीनका राष्ट्रनायकले बितेका दश वर्षमा जापानको भ्रमण गर्नलाग्नुभएको यो पहिलो पटक हो। सो भ्रमणअघि राष्ट्राध्यक्ष हु चिन थाउले पैचिङमा पैचिङस्थित जापानका सोह्रवटा सञ्चार माध्यमका पत्रकारहरुलाई संयुक्त अन्तर्वार्ता दिनुभयो। राष्ट्राध्यक्ष हु चिन थाउले आफ्नो जापानको भ्रमण न्यानो वसन्तको एउटा यात्रा हुने छ भन्दै यस पटकको भ्रमणमार्फत चीन र जापानबीचको रणनीतिक तथा आपसी हितयुक्त सम्बन्धलाई अरु प्रगाढ पार्ने आशा व्यक्त गर्नुभयो।

              मेरो यस पटकको भ्रमण फूल फुलेको वसन्त ऋतुमा हुनलागेको छ। त्यसैले यस पटकको मेरो भ्रमणलाई न्यानो वसन्तको यात्रा भन्नसकिन्छ। म चीन र जापान दुइ मुलुकका जनताबीचको मित्रता वसन्त ऋतु जस्तै न्यानो हुने हार्दिक शुभकामना व्यक्त गर्छु।

              यस वर्ष चीन र जापानबीच शान्ति तथा मैत्री सन्धि भएको तीसौं वर्ष हो। सो अन्तर्वार्तामा राष्ट्राध्यक्ष हु चिन थाउले बितेका तीस वर्षमा चीन र जापानबीचको सम्बन्धको विकासको सकारात्मक मूल्यांकन गर्नुभयो। यसका साथै, उहाँले चीन-जापान सम्बन्धको विकासले दुबै मुलुकका जनतालाई वास्तविक हित गर्नुका साथै एशिया तथा विश्वको शान्ति, स्थिरता तथा समृद्धिका लागि पनि महत्वपूर्ण योगदान पुर्‍याउने विचार व्यक्त गर्नुभयो। उहाँ भन्नुहुन्छ,

              चीन र जापानबीचको दीर्घकालीन असल छिमेकीपनमा आधारित मैत्रीपूर्ण सम्बन्धको विकास दुबै मुलुक तथा जनताको आधारभूत हितअनुकुल रहेको कुरा वास्तविकताबाट प्रमाणित भएको छ। यस पटक मैले जापानको भ्रमण गर्नुको उद्देश्य आपसी विश्वास बढाउनु, आपसी मित्रतालाई अरु प्रगाढ पार्नु, आपसी सहयोगलाई अरु गहन पार्नु, भविष्यबारे परिकल्पना गर्नु र चीन तथा जापानबीचको रणनीतिक तथा आपसी हितयुक्त सम्बन्धलाई अरु प्रगाढ पार्नु हो।

              राष्ट्राध्यक्ष हु चिन थाउको ठहरअनुसार, दुइ मुलुकका जनताको समर्थन चीन र जापानबीचको मैत्रीपूर्ण कार्यको विकास गर्ने बलियो आधार हो। उहाँले आफूले सन् 1984 मा जापानका तीन हजारजना युवा-युवतीहरुसँग भेट-वार्ता गरेको, सन् 1985मा चिनियाँ युवा प्रतिनिधिको नेतृत्व गरी जापानको भ्रमण गरेको, सन् 1998 मा जापानको भ्रमण गरेको तथा धेरै पटक जापानका साथीहरुसँग भेट-वार्ता गरेको कुरा जापानी पत्रकारहरुलाई जानकारी दिनुभयो। राष्ट्राध्यक्ष हु चिन थाउका अनुसार, बितेका वर्षहरुमा उहाँले धेरै जापानी साथीहरु बनाउनुभएको छ। तीमध्ये राजनीतिज्ञ, ब्यापारी, कलाकारलगायत गैर-सरकारी मैत्री संस्थाका व्यक्तिहरु पनि समावेश छन। उहाँहरु बीचको आदान-प्रदानले जापानका जनताप्रति उहाँको जानकारीलाई बढाएको छ।

              उहाँहरुसँगको सम्पर्क तथा आदान-प्रदानमार्फत जापानका जनताको मित्रता, मिहिनेतलगायत स्वभावले मेरो मनमा गहिरो छाप पारेको छ। जापानका जनताले चिनियाँ जनता जस्तै चीन र जापान दुइ मुलुकबीच मैत्रीपूर्ण रुपमा सह-अस्तित्व हुनसक्ने आशा गरेका छन। जापानको यस पटकको भ्रमणमार्फत पूराना साथीहरुसँग भेट-वार्ता गर्नुका साथै अरु बढी नयाँ साथी बनाउनसक्ने आशा मैले गरेको छु।

              देश-देशबीचको सम्बन्धको विकासका क्रममा केही समस्याहरु देखापर्छन। चीन र जापानबीचको सम्बन्ध पनि यस्तै हो। त्यसबारे राष्ट्राध्यक्ष हु चिन थाउले देश-देशबीच फरक धारणा देखापर्नु सामान्य कुरा हो भन्दै त्यसको समाधानका लागि निर्णायक कुरा अन्तर्विरोध तथा समस्याको समाधान गर्नु रहेको कुरामा जोड दिनुभयो।

              महत्वपूर्ण कुरा भनेको, दुबै पक्षले हार्दिक वार्ता गर्नुपर्छ, मैत्रीपूर्णरुपमा आदान-प्रदान गर्नुपर्छ, समानता प्राप्त गर्नखोज्ने आधारमा केही भिन्नता हुनु, दुइ देशका जनताबीचको मित्रतालाई संयुक्त रुपमा अघि बढाउनु, दुइ मुलुकबीचको सम्बन्धको विकास गर्ने समग्र परिस्थितिको संयुक्तरुपमा संरक्षण गर्नु हो।

              यस पटकको जापानको भ्रमण सफल हुने कुरामा राष्ट्राध्यक्ष हु चिन थाउ पूर्ण विश्वस्त हुनुहुन्छ। उहाँले जापानका सम्राटसँग भेट-वार्ता गर्ने, जापानका प्रधानमन्त्री यासुओ फुकुदासँग द्वीपक्षीय सम्बन्धको विकास गर्ने तथा साझा अभिरुची भएका विषयहरुबारे गहनरुपमा विचार-विमर्श गर्ने, जापानका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग व्यापक सम्पर्क गर्ने आशा व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040