china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही पश्चिमी विशेषज्ञ र विद्बानहरुद्बारा "तिब्बतको स्वतन्त्रता पक्षधर आन्दोलन"को साँचो रुप उदांग
    (GMT+08:00) 2008-05-05 15:39:03    
          हालै केही पश्चिमी विशेषज्ञ र विद्बानहरुले एकपछि अर्को गरी लेख प्रकाशित गर्दै "तिब्बतको स्वतन्त्रता पक्षधर आन्दोलन"को साँचो रुप उदांग पार्नुभएको छ।

          क्यानाडेली विश्वव्यापी अध्ययन केन्द्रका प्रमुख एवम् ब्रिटानिका विश्वकोषका लेखक भिचेल कोसुदोभस्कीले एक लेख छाप्दै तिब्बतमा मच्चिएको "हिंसात्मक हूलदंगा" मगज खियाएर रचेको घटना हो र पश्चिमी मुलुकका नेताले चीनमाथि दोषारोपण गर्नुका कारण संचार माध्यमले तुरुन्तै अफवाह फिंजाउने आन्दोलन छिटै शुरु भएको हो भन्नुभएको छ।

          अमेरिकाका अन्तरराष्ट्रिय राजनीतिक अर्थशास्त्री एफ विलियम एन्गदाहलले आफ्नो लेखमा तिब्बतमा मच्चाइएको हूलदँगा विगत केही वर्षभित्र अमेरिका सरकारले चीनको राष्ट्रिय स्थिरतालाई खल्बल्याउनका लागि चलाएको गतिविधिको अर्को माथिल्लो खुडकिलो हो भन्नुभएको छ।

          जर्मन राष्ट्रिय प्रतिरक्षा सेनाका लेफ्टिनेन्ट जनरल रोजेले "हाम्रो युग" पत्रिकामा प्रकाशित एक लेखमा तिब्बत समस्यामा पश्चिमी जगतले हात हालेको कुरा एउटा ठूलो षडयन्त्र हो भन्नुभएको छ।

          त्यसैगरी, अमेरिकाको दक्षिणी क्यालिफोनिया विश्वविद्यालयका विद्बान सोरायाले आफ्नो लेखमा तिब्बतमाथि नियन्त्रण गरेमा चीनको उदयलाई रोक्नसकिने पश्चिमी मुलुकहरुको विचार रहेको कुरा उल्लेख गर्नुभएको छ।

          इटालीका प्रख्यात इतिहासकार दोमिनिको लोसुर्दोले हालै नेटवर्कमा एक लेख प्रकाशित गर्दै पश्चिमी मुलुकहरुले चीनलाई बदनाम गरेको कुनियत धेरै शताव्दीदेखि यता उत्पन्न भएको बहुपक्षीय संस्कृतियुक्त चीनलाई टुक्य्राउने दुष्प्रयास हो भन्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040