china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउको 'न्यानो बसन्ते यात्रा' शुरु
    (GMT+08:00) 2008-05-06 14:26:34    

               चीनका राष्ट्राध्यक्ष हु चिन थाउ जापान सरकारको निमन्त्रणामा जापानको पाँच दिने राजकीय भ्रमणका लागि आज जापानको राजधानी टोकियो पुग्नुभयो। श्री हु चिन थाउले यस पटकको आफ्नो भ्रमणलाई एउटा 'न्यानो बसन्ते यात्रा' को संज्ञा दिनुभएको छ।

              जापानको हानेदा विमान स्थलमा लिखित वक्तव्य सार्वजनिक गर्दै श्री हु चिन थाउले चीन र जापान एशिया तथा विश्वमा महत्वपूर्ण मुलुक भएको कुरामा जोड दिनुभयो। उहाँले चीन तथा जापानबीचको दिर्घकालीन तथा स्थीर मैत्रीपूर्ण सम्बन्धको विकास यी दुबै मुलुक र यीनका जनताको आधारभूत हितअनुकुल भएको कुरा स्पष्ट पार्नुभयो।

              यस वर्ष चीन र जापानबीच शान्ति र मैत्री सन्धि भएको तिसौं वार्षिकोत्सव भएको कुरा स्मरण गराउँदै श्री हुले यस अवसरले दुबै मुलुकसामु आपसी सम्बन्ध अझ बढी विकसित पार्ने नयाँ मौका प्रदान गरेको छ भन्नुभयो। आफ्नो यस पटकको भ्रमण आपसी विश्वास बढाउन,आपसी सहयोगलाई अरु गहन पार्न,भविष्यका लागि योजना गर्न सघाउने आशा व्यक्त गर्नुभयो। उहाँको विचारमा, दुबै पक्षको संयुक्त प्रयासमा यस पटको भ्रमणले निर्धारित उद्देश्य हासिल गर्न सहयोग पुर्‍याउने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040