china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउको 'न्यानो बसन्ते यात्रा' शुरु2
    (GMT+08:00) 2008-05-06 21:12:51    

          चीनका राष्ट्राध्यक्ष हु चिन थाउ जापान सरकारको निमन्त्रणामा जापानको पाँच दिने राजकीय भ्रमणका लागि आज जापानको राजधानी टोकियो पुग्नुभयो। श्री हु चिन थाउले यस पटकको आफ्नो भ्रमणलाई एउटा 'न्यानो बसन्ते यात्रा' को संज्ञा दिनुभएको छ।

          चीनका राष्ट्रनायकले बितेका दश वर्षमा जापानको भ्रमण गर्नुभएको यो पहिलो पटक हो।

          जापानको हानेदा विमान स्थलमा लिखित वक्तव्य सार्वजनिक गर्दै श्री हु चिन थाउले चीन र जापान एशिया तथा विश्वमा महत्वपूर्ण मुलुक भएको कुरामा जोड दिनुभयो। उहाँले चीन तथा जापानबीचको दिर्घकालीन तथा स्थीर मैत्रीपूर्ण सम्बन्धको विकास यी दुबै मुलुक र यीनका जनताको आधारभूत हितअनुकुल भएको कुरा स्पष्ट पार्नुभयो।

          भर्खरै टोकियो पुग्नुभएका  राष्ट्राध्यक्ष हू चिन थाउले चीन र जापानबीचको दौत्य सम्बन्ध सामान्यीकरणका लागि उत्कृष्ठ योगदान गर्नुभएका स्वर्गीय जापानी मित्रहरुका नाताकुटुम्ब र पछिल्लो पुस्ताका प्रतिनिधिसित भेट-वार्ता गर्नुभयो।

          हाल चीन जापान सम्बन्ध नयाँ ऐतिहासिक आरम्भ बिन्दुमा रहेको छ र त्यसको सामु विकासको नयाँ सुअवसर देखापरेको छ भन्दै राष्ट्राध्यक्ष हूले आफ्नो यस भ्रमणको उद्देश्य जापानका विभिन्न क्षेत्रसित मिलेर चीन तथा जापानबीच एक-अर्कालाई लाभ हुने रणनैतिक सम्बन्धको स्थापना गर्नु हो भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040