china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    गणतन्त्र कोरिया र भारतको सञ्चार माध्यमद्वारा "न्यानो वसन्तको यात्रा"को सक्रिय मुल्याङ्कन
    (GMT+08:00) 2008-05-07 08:54:27    
             चीनका राष्ट्राध्यक्ष हु चिन थाउले हिजो जापानको राजकीय भ्रमण गरी पाँच दिने न्यानो वसन्त यात्रा शुरु गर्नुभयो। हाल गणतन्त्र कोरिया र भारतको सञ्चार माध्यमले एक पछि अर्को लेख प्रकाशित गरी यस पटकको न्यानो वसन्त यात्राको सक्रिय मुल्याङ्कन गरेका छन्।

             गणतन्त्र कोरियाको जूनकाँग दाइलि न्यूस नामक समाचार पत्रले हिजो एक लेख प्रकाशित गरी राष्ट्राध्यक्ष हु चिन थाउको यस भ्रमण चीन-जापान सम्बन्धका लागि न्यानो वसन्तको अवसर हुने कुरा भन्दै यस न्यानो वसन्तको यात्राले दुई देशबीचको राजनीतिक र आर्थिक आदि क्षेत्रको सम्बन्ध रणनीतिक आपसी हित सहितका सम्बन्धहरुका लागि सबल पार्नुका साथै दुई देश तथा उत्तर पूर्वी एशियाको कुटनीतिक स्थितिलाई परिवर्तन पार्ने कुरा उल्लेख गरेको छ।

             गणतन्त्र कोरियाको जोसुन इल्बो नामक समाचार पत्रले पनि हिजै एक लेख प्रकाशित गरी चीन र जापानले शान्तिपूर्ण र मैत्रीपूर्ण सन्धिमा हस्ताक्षर गरेको तीसौँ वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्राध्यक्ष हु चिन थाउले गर्नुभएको यस जापानको भ्रमणले चीन-जापान सम्बन्धको सुधार गर्नका लागि सहयोग मिल्नुका साथै चीन-जापान रणनीतिक आपसी हितयूक्त सम्बन्धको विकासलाई चौतर्फी रुपमा घचघच्याउने कुरा उल्लेख गरेको छ।

              यसैगरी भारतको एशिया न्यूज एचेन्सीले पनि एक लेख प्रकाशित गरी लगभग दश वर्षदेखि यता चीनका राष्ट्राध्यक्षले जापानको भ्रमण गर्नुभएको यो पहिलो पटक हो भन्ने कुरा उल्लेख गरेको छ।

             त्यस्तै गत चार तारिख भारतको दाइम्स स्टेट्म्यान नामक समाचार पत्रले पनि एक लेख प्रकाशित गरी राष्ट्राध्यक्ष हु चिन थाउद्वारा गरिएको जापानको पाँच दिने भ्रमणबाट दुई देशको सम्बन्धलाई अझ सुधार र विकास गर्ने अर्को महत्वपूर्ण कदम हुने विचार लेखेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040