china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    राष्ट्राध्यक्ष हु चिन थाउ र जापानका सम्राट आकिहितो तथा प्रधानमन्त्री यासुओ फुकुदाबीच भेट-वार्ता
    (GMT+08:00) 2008-05-07 10:57:54    

             जापानका सम्राट आकिहितोले आज विहान एक समारोह आयोजना गरी चीनका राष्ट्राध्यक्ष हु चिन थाउको जापान भ्रमणको स्वागत गर्नुभयो। त्यसपछि राष्ट्राध्यक्ष हु चिन थाउले जापानका प्रधानमन्त्री यासुओ फुकुदासँग वार्ता गर्नुभयो।

             स्थानीय समय अनुसार, आज विहान नौ बजे जापानका सम्राट आकिहितोले राज दरवारमा राष्ट्राध्यक्ष हु चिन थाउका लागि स्वागत समारोह आयोजना गर्नुभयो। उक्त समारोह सम्पन्न भएपछि उहाँले श्री हु चिन थाउसँग भेट गर्नुभयो।

              त्यसैगरी श्री हु चिन थाउले हिजै यासुओ फुकुदासँग वार्ता गर्नुभयो। सो अवसरमा चौतर्फी रुपमा दुई देशबीच रणनीतिक आपसी हित सहित सम्बन्धको नयाँ परिस्थितिको सिर्जना गर्नका लागि दुई देशका नेताले रणनीतिक उचाइ तथा दीर्घकालीन अवधिको दृष्टिकोणबाट भविष्यमा दुई देशबीच सम्बन्ध विकासको योजनाको परिकल्पना गर्नुभयो। साथै उहाँहरुले नयाँ परिस्थितिमा दुई देश वीचको सम्बन्ध विकास गर्ने महत्वपूर्ण निर्देशक सिद्धान्त र दुई देशबीच मध्यकाल तथा दीर्घकालीन व्यवहारिक सहयोगको दिशा तथा महत्वपूर्ण क्षेत्रलाई प्रष्ट गर्नुका साथै दीर्घकालीन र स्थीर रुपमा विकास गर्ने चीन-जापान सम्बन्धका लागि आवश्यक प्रारुपको निर्माण गर्नुभयो।

              श्री हु चिन थाउले हिजो देखी पाँच दिने जापानको राजकीय न्यानो वसन्त यात्रा शुरु गर्नुभएको हो। चीनका राष्ट्रनायकले बितेका दश वर्षमा जापानको भ्रमण गर्नुभएको यो पहिलो पटक हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040