china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन-जापान सम्बन्ध हिजो, आज तथा भोली
    (GMT+08:00) 2008-05-07 17:00:17    

           यस वर्षको मेइ छ तारिख जापानको राजकीय भ्रमणका लागि चीनका राष्ट्राध्यक्ष हु चिन थाउ जापानको राजधानी टोकियोमा पुग्नुभयो। हिजो उहाँले जापानका धेरै खेपका साथीहरुसँग भेट-वार्ता गर्नुभयो। उहाँहरुले मेलमिलापयुक्त वातावरणमा चीन-जापान सम्बन्धको हिजो, आज तथा भोलीबारे चर्चा गर्नुभयो।

              जापानको "न्यानो वसन्तको यात्रा" नामक राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष हु चिन थाउले हिजो टोकियोमा पुगेपछि चीन-जापान सम्बन्धका व्यवस्थापकहरुका आफन्त तथा परिवारसँग छुट्टा छुट्टै रुपमा भेट-वार्ता गर्नुभयो। राष्ट्राध्यक्ष हु चिन थाउले चीन सरकार तथा चिनियाँ जनताले चीन र जापान बीचको मैत्री कार्यका व्यवस्थापकहरुलाई नविर्सने कुरा वताउनुभयो।

              चीन र जापान बीचको सम्बन्धमा आज राम्रो परिस्थिति देखा परेको कुरा तपाईंहरुको पुर्ख्यौलीको प्रयाससँग घनिष्ठ सम्बन्धित छ। तपाईंहरुका पुर्ख्यौलीद्वारा चीन र जापान बीचको मैत्री कार्यका लागि पुर्‍याइएको योगदानको चिनियाँ जनताले स्थायी रुपमा सम्झना गर्नेछन।

              राष्ट्राध्यक्ष हु चिन थाउले चीन र जापान बीचको सम्बन्धको विकासमा वरिष्ठ योगदान पुर्‍याएको जापानका पूराना पुस्ताका राजनीतिज्ञहरुबारे सदभावपूर्ण रुपमा सिंहाव्लोकन गर्नुभयो। तीमध्ये चीन र जापान बीचको दौत्य सम्बन्धलाई सामान्य पार्नुभएका जापानका भूतपूर्व प्रधानमन्त्री तानाका काकुए, चीनलाई जापानी येनको ऋण उपलव्ध गराउनुभएको जापानका भूतपूर्व प्रधानमन्त्री ओहिरा मासायोशीको योगदान उल्लेखनिय रहेको छ।

              जापानका भूतपूर्व प्रधानमन्त्री तानाका काकुएकी छोरी तानाका माकिले जापानका वर्तमान राजनीतिक क्षेत्रमा सक्रियताका साथ राजनीतिक गतिबिधि गर्दै हुनुहुन्छ। पिताको कार्यलाई विंडो थाम्नुभएको राजनीतिज्ञको हैसियतमा उहाँ भन्नुहुन्छ,

              राजनीतिक परिवारको हैसियतले हाम्रो सम्पूर्ण परिवारले चीनमा भएको कुरालाई निकै ध्यान दिएको छ। समय वित्दै गएको परिवेशमा दुइ मुलुक बीचको सम्बन्धमा धेरै कठिनाइ देखा परेको छ। तथापि अबदेखि जुनसुकै कुरा उत्पन्न होस्, मैले दुइ मुलुक बीचको सम्बन्धको विकासका लागि सकारात्मक प्रयास गर्नेछु। पैचिङ ओलम्पिक खेलकुद विश्वको ध्यानाकर्षण भएको भव्य समारोह हुनेछ। म पैचिङ ओलम्पिक खेलकुद सफल होस भन्ने शुभकामना व्यक्त गर्दछु।

              पूराना पुस्ताका नेताहरुबाहेक, चीन र जापान बीचको सम्बन्धको विकास गैर-सरकारी व्यक्तिहरुको प्रयाससँग पनि घनिष्ठ सम्बन्ध रहेको छ। श्री साइओनजी किनकाजुले चीन र जापान बीचको दौत्य सम्बन्ध सामान्य हुनुअघि चीनमा बाह्र वर्षसम्म काम गर्नुभयो। उहाँलाई "चीनस्थित जापानका गैर-सरकारी राजदूत" पनि भनिने गरिन्छ। श्री रचुनोमिया टोकोमाले सन् 1954 मा चीनको भ्रमण गर्नुभएको थियो। उहाँलाई चीनका पूराना पुस्ताका नेताहरु माउ च तुंग, लिउ शाउ छि तथा चौ अन लाइद्वारा भेट गरिएको थियो। उहाँले चीन र जापान बीचको व्यापारिक सन्धिमा हस्ताक्षर गर्न प्रशस्त काम गर्नुभयो। श्री ओकाचाकि काहैटाले एक सय पटक चीनको भ्रमण गर्नुभयो। उहाँले दुइ मुलुक बीचको व्यापार तथा वायु सेवा सम्बन्धी सहयोगको विकास गर्न अथक प्रयास गर्नुभयो।

              जापानका ती मैत्री साथीहरुका सन्तानसँग भेट-वार्ता गर्दा राष्ट्राध्यक्ष हु चिन थाउले उहाँहरुका पिता पुस्ताको गौरवान्वित परम्परालाई उहाँहरुले विंडो थाम्नुभएको देखेपछि आफूलाई धेरै खुसी लागेको कुरा वताउनुभयो।

              तपाईंहरुले वितेका दिर्घकालीन अवधिदेखि चीन र जापान बीचको मित्रताका लागि प्रशस्त काम गर्नुभएकोमा म यहाँ दिलैदेखि कृतज्ञता ज्ञापन गर्छु।

              श्री हु चिन थाउको सम्बोधन सुनेपछि भेट-वार्तामा सहभागी जापानका मित्रहरुका सन्तानले धेरै विचार गर्नुभयो। श्री रचुनोमिया टोकोमाका छोरा रचुनोमिया क्योचोले भन्नुभयो,

              जरैदेखि जापानी जनता तथा चिनियाँ जनता बीचको मित्रतालाई बढायो भने मात्र जापान र चीन बीचको सम्बन्धको राम्रो विकास गर्नसकिनेछ। मैले चीनका राष्ट्राध्यक्षको यस पटकको जापान भ्रमणमार्फत चीनप्रति जापानी जनताको मैत्रीपूर्ण भावना बढ्ने विश्वास लिनुका साथै तपाईंको यस पटकको भ्रमणले निर्धारित लक्ष्य साकार तुल्याउनसक्ने आशा गरेको छु।

              चीन-जापान सम्बन्धको आज तथा भोलीको सामू राष्ट्राध्यक्ष हु चिन थाउले अरु उज्ज्वल भविश्य भएको कुरा बयान गर्नुभयो,

              अब चीन र जापान बीचको सम्बन्ध इतिहासको नयाँ शुरुवात विन्दुमा परिरहेको छ। मेरो यस पटकको भ्रमणको उद्देश्य जापानसँगै मिलेर चीन र जापान बीचको आपसी रणनीतिक हितयुक्त सम्बन्धको नयाँ परिस्थितिको चौतर्फी रुपमा सिर्जना गर्नु हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040