china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विभिन्न देशका सञ्चार माध्यमद्वारा "न्यानो वसन्तको यात्रा"को उच्च मूल्याङ्कन
    (GMT+08:00) 2008-05-07 18:32:57    

          चीनका राष्ट्राध्यक्ष हु चिन थाउले हिजोदेखि जापानको पाँच दिने न्यानो वसन्तको यात्रा नामक राजकीय भ्रमण थाल्नुभयो। हाल जापानलगायत विश्वका विभिन्न मुलुकका सञ्चार माध्यमले एकपछि अर्को लेख प्रकाशित गरी यस पटकको न्यानो वसन्तको यात्राको उच्च मूल्याङ्कन गरेका छन्।

          जापानको टि.भि टोकियोले हिजो दिउँसो चीनका राष्ट्राध्यक्ष हु चिन थाउको भ्रमणलाई महत्व दिएर विस्तृत विवरण प्रसारित गरेको छ। त्यसका अनुसार, हु चिन थाउको भ्रमणबाट चीन-जापान सम्बन्धको विकासका लागि चीनले दिएको उच्च महत्व पूर्ण रुपमा देखिन्छ।

          गणतन्त्र कोरियाको जूनकाँग दाइलि न्यूस नामक समाचार पत्रले हिजो एक लेख प्रकाशित गरी राष्ट्राध्यक्ष हु चिन थाउको यस भ्रमण चीन-जापान सम्बन्धका लागि न्यानो वसन्तको अवसर हुने कुरा बताउँदै यस न्यानो वसन्तको यात्राले दुई देशबीचको राजनीतिक, आर्थिक आदि क्षेत्रको आपसी हितयुक्त रणनीतिक सम्बन्धलाई सबल पार्नुका साथै दुई देश तथा उत्तर-पूर्वी एशियाको कुटनीतिक स्थितिलाई परिवर्तित पार्ने कुरा उल्लेख गरेको छ।

          त्यसैगरी, भारतको एशिया न्यूज एचेन्सीले पनि एक लेख प्रकाशित गरी लगभग दश वर्षदेखि यता चीनका राष्ट्राध्यक्षले जापानको भ्रमण गर्नुभएको यो पहिलो पटक भएको कुरा उल्लेख गरेको छ।

          त्यस्तै, गत चार तारिखमा भारतको टाइम्स स्टेट्म्यान नामक समाचार पत्रले पनि एक लेख प्रकाशित गरी राष्ट्राध्यक्ष हु चिन थाउद्वारा गरिएको जापानको पाँच दिने भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई अझ विकसित पार्ने अर्को महत्वपूर्ण कदम हुने विचार व्यक्त गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040