china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र जापानद्वारा रणनीतिक आपसी हितका सम्बन्धलाई चौतर्फी रुपमा बढाउने संयुक्त वक्तव्य प्रकाशित
    (GMT+08:00) 2008-05-08 10:17:08    

             जापानको भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र जापानका प्रधानमन्त्री फुकुदा यासुयोले हिजो टोकियोमा चीन र जापानबीच रणनीतिक आपसी हित सहितको सम्बन्धलाई चौतर्फी रुपमा बढाउने संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुभयो। यो चीन र जापानबीचको चौथो राणनीतिक पत्र हो।

             उक्त संयुक्त वक्तव्यका अनुसार, दुई पक्षले चीन-जापान सम्बन्ध दुई देशका लागि सबैभन्दा महत्वपूर्ण द्वीपक्षीय सम्बन्धमध्यको एक हो र दीर्घकालीन शान्तिपूर्ण र मैत्रीपूर्ण सहयोग दुई पक्षका लागि एउटा मात्रै छनौट हो भन्ने विचार लिएको छ। यसका साथै दुई पक्षले चीन-जापान रणनीतिक आपसी हित सहितको सम्बन्धलाई चौतर्फी रुपमा बढाई दुई देशबीच शान्ति सहअस्तित्व, युगौँयुगदेखि रहिरहेको मित्रता, आपसी हित सहितको सहयोग, संयुक्त विकासको महा लक्ष्यलाई साकार तुल्याउने अठोट गरेको छ।

             दुई पक्षले निरन्तर रुपमा "चीन-जापान संयुक्त वक्तव्य", "चीन-जापान शान्तपूर्ण र मैत्रीपूर्ण सन्धि" तथा "चीन-जापान संयुक्त घोषणा पत्र"को विभिन्न सिद्धान्तको पालना गर्नुका साथै इतिहासको सही रुपमा हेर्ने र भविष्यतिर उन्मुख भएर चीन र जापान रणनीतिक आपसी हित सहितको सम्बन्धको नयाँ परिस्थितिको सिर्जना गर्ने कुरामा पुनर्पुष्टि गरेको छ।

              दुवै पक्षले दुई देशबीच एकले अर्कालाई सहयोगात्मक साझेदारी हुनुका साथै एकले अर्काको वीच धम्की नबन्ने विचार लिएको छ। यसका साथै दुई पक्षले एकले अर्कालाई शान्तिपूर्ण विकासको समर्थन दिनुका साथै निरन्तर रुपमा सल्लाह र वार्ता गरी दुई देशबीच देखापर्न सक्ने समस्याको समाधान गर्ने कुरा मा जोड दिएको छ।

               जापानले निरन्तर रुपमा जापान-चीन संयुक्त वक्तव्यअन्तर्गत थाइ वान समस्या सम्बन्धी जापानको अडानमा अडिग रहने कुरामा जोड दिएको छ।

              राजनीतिक आपसी विश्वासलाई बढाउन, दुई देशका नेताबीचको नियमित आपसी भ्रमण व्यवस्थाको स्थापना गर्न, दुई देशबीचको आदान-प्रदान र जनताको मित्रतालाई घचघच्याउन, आपसी हित सहितको सहयोगलाई सबल पार्न, संयुक्त रुपमा एशिया तथा प्रशान्त क्षेत्रको विकास गर्ने प्रयास गर्नका लागि वार्ता र सहयोगको प्रारुप निर्माण गर्नुका साथै सहयोगलाई अरु बढउने निर्णय दुई पक्षले गरेको छ।

              हिजो दिउँसो राष्ट्राध्यक्ष हु चिन थाउले टोकियोमा बेग्ला बेग्लै रुपमा जापानको लिबरल डेमोक्र्याटिक पार्टी, न्यू कोमितो पार्टी, डेमोक्र्याटिक पार्टी अफ जापान, जापानिज कम्युनिष्ट पार्टी र सोसियल डेमोक्र्याटिक पार्टी आदि जापानका मुख्य राजनीतिक दलका जिम्मेवार व्यक्तिहरुसँग भेट गर्नुभयो। सो अवसरमा श्री हुले चीन र जापानले प्रकाशित गरेको उक्त संयुक्त वक्तव्यले दुई देश वीचको सम्बन्धको विकासका लागि महत्वपूर्ण निर्देशक भूमिका खेल्ने कुरा उल्लेख गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040