china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ब्यालेदेखि टेबुल टेनिससम्मको कूटनीति
    (GMT+08:00) 2008-05-09 18:21:04    

        यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोताहरु, जापानको "न्यानो बसन्ते यात्रा" भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष हु चिन थाउले हिजो टोकियोमा दुइवटा विशेष तथा अर्थपूर्ण कार्यक्रममा भाग लिनुभयो। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले टोकियोबाट पठाउनुभएको सम्बन्धित विस्तृत विवरणः

             जापानी जोडा शिमीजु मासाऔ तथा माछुयामा मिकीको गत शताब्दीको पचास दशकमा चीनमा प्रसिद्ध कथा "सेती कपालकी केटी"लाई ब्याले नृत्य नाटक बनाउनुभयो। बितेका पचास वर्षमा उहाँहरुले स्थापना गर्नुभएको ब्याले समूहले जम्मा गरी बाह्र पटक चीनमा प्रदर्शन गरेको छ र चीनका तीन पुस्ताका नेतागणसँग भेट गरेको छ। उहाँहरु र चीन बीच आधी शताब्दीसम्मको ब्याले भावना रहनुका साथै उहाँहरुले एउटा ब्याले सम्बन्धी कूटनैतिक इतिहास पनि लेख्नुभएको छ।

             हिजो विहान जापानको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष हु चिन थाऊले चीन-जापान सांस्कृतिक आदान-प्रदानमा दीर्घकालीन रुपमा प्रयास गरिरहनुभएका यी जापानी जोडालाई भेट्न जानुभयो।

             चीनसँग घनिष्ट मित्रता भएको उक्त परिवारसँग भेट्दा राष्ट्राध्यक्ष हुले भावपूर्ण सम्बोधन गर्नुभयोः

             "विश्वमा प्रसिद्ध मिकीको ब्याले समूहको स‍स्थापक श्री शिमीजु मासाऔले चीन-जापान मैत्रीपूर्ण कार्यमा प्रयासरत व्यक्ति हुनुहुन्छ। गत आधी शताब्दीदेखि यता तपाइहरुले दुइ देशको सांस्कृतिक आदान-प्रदानलाई सक्रियताका साथ प्रवर्द्धन गर्दै दुइ देशका जनता बीचको समझदारी तथा मित्रतालाई अघि बढाउने क्रममा विशेष भूमिका निर्वाह गर्दै आउनुभएकोछ। तपाईहरु र तपाईंहरुको ब्याले समूह चीन र जापान बीचको गैर-सरकारी आदान-प्रदानका अग्रदूत हुन। तपाईंको व्याले समूह अझ ठूलो विकास प्राप्त गर्ने र तपाईंहरु सबैको सुस्वास्थ्य होस भन्ने मेरो हार्दिक शुभकामना छ। "

              चीन-जापान मैत्रीपूर्ण आदान-प्रदानको इतिहासमा ब्याले कूटनीति जस्तै विर्सननसक्ने अर्को कुरा टेबुल टेनिस हो।

              हिजो राष्ट्राध्यक्ष हु चिन थाऊ र जापानी प्रधान मन्त्री फुकुदा यासुऔ वासेदा विश्वविद्यालयको अन्तवर्राष्ट्रिय आदान-प्रदान केन्द्र पुग्नुभयो। उक्त केन्द्रको हलमा टेबुल टेनिस खेल्ने दृश्यले दुइ देशका नेतागणलाई आकर्षित गरायो---विश्वको टेबुल टेनिस क्षेत्रमा प्रसिद्ध चिनियाँ खेलाडी वाङ नान तथा चिनियाहरुमाझ लोकप्रिय जापानी खेलाडी फुकुहारा आइले टेबुल टेनिस खेलिरहनुभएको थियो। दुइ जना नेतागणलाई देखेर ती दुइ जना खेलाडी खुशी भएर नजिक जानुभयो।

             चीनमा लामो समयसम्म तालिम लिनुभएकी फुकुहारा आइले उत्तर-पूर्वी भागको बलाघातमा बोल्नुहुन्छ। राष्ट्राध्यक्ष हुले मित्र भाव देखाउँदै फुकुहारालाई बताउनुभयोः तपाईं चीनका युवा-युवतीमाझ प्रसिद्ध हुनुहुन्छ!

             राष्ट्राध्यक्ष हुले चीनका प्रसिद्ध खेलाडी वाङ नानबाट टेबुल टेनिस खेल्ने निमन्त्रणालाई स्विकार गर्नुभयो।

             राष्ट्राध्यक्ष हुले फुकुहारा आइसँग केही बेरसम्म खेल्नुभएपछि चिनियाँ खेलाडी वाङ नानले पनि भाग लिनुभयो। दुइ जना विश्वव्यापी प्रख्यात खेलाडीसँग प्रतियोगिता गरेको दृश्यले तत्स्थानका दुइ देशका युवा-युवतीहरुको ध्यानलाई आकर्षित गराएको देखियो।

             दश मिनेटसम्मको प्रतियोगिता सम्पन्न भएपछि जापानी प्रधान मन्त्री फुकुदा यासुऔले राष्ट्रध्यक्ष हुको शिपबारे सराहना गर्दै भन्नुभयोः

             "अब मलाई थाहा भयो। मैले भाग नलिएको निर्णय ठीक छ। राष्ट्राध्यक्ष हुले रणनैतिक रुपमा खेल्नु हुँदोरहेछ। मैले तपाईंको उच्चस्तरको अनुभव गरेको छु।"

             राष्ट्राध्यक्ष हुले तत्स्थानमा सम्बोधन गर्दै भन्नुभयोः

             "मेले बितेका बीस वर्षमा दुइ देशका युवा-युवतीहरु बीचको मैत्रीपूर्ण आदान-प्रदानलाई अघि बढाउँदै आएको छु। किनकि तपाईंहरु दुइ देशको आपसी सम्बन्धको भविष्य तथा आशा भएको मेरो विश्वास छ। आज हामीले मैत्रीपूर्ण बीउ रोपेपछि भविष्यमा यस बीउ चीन-जापान मैत्रीपूर्ण रुख बन्ने मेरो विश्वास छ। हाम्रा दुइ देशका जनता बीचको मित्रता युगौंयुगसम्म रहिरहोस र आपसी रणनीतिक हितयुक्त सम्बन्ध अझ प्रगाढ हुँदै जाऔस भन्ने मेरो हार्दिक शुभकामना छ।"

             ब्याले भावनादेखि टेबुल टेनिस कूटनीतिसम्म, प्रौढदेखि युवा-युवतीसम्म चिनियाँ तथा जापानीका धेरै पुस्ताले आपसी मित्रताको लेख लेख्दै आएका छन। राष्ट्राध्यक्ष हुले भन्नुभए जस्तै दुइ देशका युवा-युवती आपसी मित्रताको जीवन्त शक्ति हो र दुइ देशको मित्रताको भविष्य उनीहरुको भरमा पर्दछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040