china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउ ओसाकामा-2
    (GMT+08:00) 2008-05-09 18:28:41    

          चीनका राष्ट्राध्यक्ष हु चिन थाउ आज टोकियोबाट विशेष विमानद्बारा निरन्तर रुपमा जापानको न्यानो बसन्ते यात्रा गर्नुभयो।

          ओसाकाको भ्रमणको अवसरमा श्री हु चिन थाउले कान्साइ क्षेत्रका जिम्मेवार व्यक्तिहरुसँ‌ग भेट-घाट गर्नुका साथै कान्साइ क्षेत्रको विभिन्न पक्षले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत भोजमा भाग लिनुहुने कार्यक्रम रहेको छ।

          आज विहान राष्ट्राध्यक्ष हु चिन थाउले टोकियोमा जापानको प्रतिनिधि सभाका सभामुख कोनो योहैको नेतृत्वमा रहेको "पैचिङ ओलम्पिक खेलकुदको समर्थन गर्ने सांसदहरुको संघ"का मुख्य सदस्यहरुसँग भेट-वार्ता गर्नुभयो। जापानका विभिन्न पार्टीहरुले पैचिङ ओलम्पिक खेलकुदको समर्थन गर्ने सांसदहरुको संघ गठन गरेका कुराबाट ओलम्पिक भावनाको प्रचार प्रसार गर्ने जापानी जनताको भावना तथा चिनियाँ जनताप्रति जापानी जनताको मैत्री भावना अभिव्यक्ति भएको कुरा श्री हु चिन थाउले वताउनुभयो।

          टोकियोको भ्रमणको अवधिमा श्री हु चिन थाउले जापानका सम्राट अकिहितोद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा भाग लिनुका साथै जापानका प्रधानमन्त्री फुकुदा यासुओसँग भेट-वार्ता गर्नुभयो। दुवै पक्षले चीन र जापान बीचको चौथो राजनीतिक दस्ताबेज "आपसी रणनीतिक हितयुक्त सम्बन्धलाई चौतर्फी रुपमा अघि बढाउने संयुक्त वक्तव्य"मा हस्ताक्षर गर्नुभयो। उक्त अवसरमा श्री हु चिन थाउले वासेदा विश्व विद्यालयमा सम्बोधन गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040