china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हू चिन थाउबाट जापानको नारा प्रान्तका प्रमुख र नारा नगरका प्रमुखसित भेटघाट
    (GMT+08:00) 2008-05-10 15:09:57    
          जापानको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष हू चिन थाउले आज बिहान ओसाकाबाट जापानको प्राचीन राजधानी नाराको निरीक्षण भ्रमण गर्दै आफ्नो जापानको न्यानो बसन्ते भ्रमणको क्रमलाई जारी राख्नुभयो। आजै उहाँले नारा नगरमा नारा प्रान्तका प्रमुख शोगो आराइ र नारा नगरका प्रमुख आकिरा फुजिवारासित भेटघाट गर्नुभयो।

          सो अवसरमा राष्ट्राध्यक्ष हूले दीर्घकालीन इतिहास भएको र चीन जापानबीचको साँस्कृतिक आदान प्रदानको महत्वपूर्ण द्योतकमा रहेका होरयुजी मन्दिर र टोशोटदाई मन्दिरले चीन र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण आवत जावतको इतिहासको प्रमाण रहेको भन्दै नारा प्रान्तका विभिन्न पक्षहरुका मित्रहरुले मैत्रीपूर्ण परम्पराको बिंडो थाम्दै चीन जापान सम्बन्धको विकासका लागि सक्रिय योगदान दिएका छन भन्नुभयो।

          श्री शोगो आराइ र आकिरा फुजिवाराले हू चिन थाउ जापानको भ्रमण गर्न पाल्नुभएकोमा हार्दिक स्वागत व्यक्त गर्दै पैचिंग ओलिम्पिक खेलकूदको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

          आजै बिहान राष्ट्राध्यक्ष हू चिन थाउले उक्त दुइवटा मन्दिरको निरीक्षण पनि गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040