china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाऊको जापान भ्रमण सम्पन्न
    (GMT+08:00) 2008-05-10 18:26:29    

          चीनका राष्ट्राध्यक्ष हु चिन थाऊले जापानको पाँच दिने राजकीय भ्रमण समाप्त गर्नुभइ आज दिउँसो औसाकाबाट विशेषविमानद्बारा चीन फर्कनुभएको छ।

          जापानको भ्रमणताका राष्ट्राध्यक्ष हुले जापानी राजा आकीहीतोद्बारा आयोजित स्वागत समारोहमा सहभागीभइ जापानी प्रधान मन्त्री फुकुदा यासुऔसँग भेट-वार्ता गर्नुभयो। दुवै पक्षले चीन-जापान बीचको चौथौं राजनैतिक दस्तावेज—"चीन-जापान चौतर्फी रणनैतिक हितयुक्त सम्बन्ध सम्बन्धी संयुक्त वक्तव्य"मा हस्ताक्षर भयो। राष्ट्राध्यक्ष हुले वासेदा विश्वविद्यालयमा भाषण दिँदै चीनमा सुधार तथा खुपालन नीति लागू भएको तीस वर्षको प्रक्रिया तथा प्राप्त ठूलो उपलब्धिको सिंहावलोकन गर्नुका साथै दुइ देशको पारस्परिक सम्बन्ध नयाँ शुरुआत भएको र आपसी सम्बन्धको विकासमा नयाँ मौका देखा परेको कुरा औ‌ल्याउनुभयो।

          यसका साथै राष्ट्राध्यक्ष हुले जापानी प्रधान मन्त्री फुकुदा यासुऔसँगै दुइ देशका युवा-युवतीहरुको मैत्रीपूर्ण आदान-प्रदान वर्षको उद्धाटन समारोहमा भाग लिनुभयो। श्री हुले जापानका दुइटा सदनका प्रमुख, मुख्य राजनैतिक दलका नेताहरुसँग पनि भेटघाट गर्नुका साथै आपसी मित्रताका लागि योगदान गरेका स्वर्गीय राजनीतिज्ञका परिवार एवम् अन्य मित्रहरुसँग पनि भावनापूर्ण कुराकानी गर्नुभयो।

          थाहा भए अनुसार, राष्ट्राध्यक्ष हुले टोकियो लगायत योकोहामा, औसाका तथा नारा शहरको भ्रमण पनि गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040