china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउको जापान भ्रमणका सम्बन्धमा
    (GMT+08:00) 2008-05-11 19:08:44    

           जापान सरकारको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले मेई छ तारिखदेखि दश तारिखसम्म जापानको राजकीय भ्रमण गर्नुभयो। भ्रमण सम्पन्न गरेर पैचिंग फर्कंदा विमानमा हु चिन थाउका साथमा जापानको भ्रमण गर्नुभएका चीनका परराष्ट्र मन्त्री यांग चे ट्रले पत्रकारसित अन्तर्वार्ता गर्नुभयो। अब सुन्नुहोस यस बारेको एक विवरणः

                 चीनका राष्ट्राध्यक्ष हु चिन थाउको यस पल्टको जापान भ्रमण दश वर्षमा पहिलो हो। पाँच दिनको छोटो समयमा राष्ट्राध्यक्ष हु चिन थाउले निकै व्यस्त भएर पच्पन्न पटक कार्यक्रमहरुमा संलग्न हुनुभयो। त्यस क्रममा उहाँले जापानी प्रधान मन्त्री फुकुदा यासुओसित फलदायी वार्ता गर्नुका साथै जापानी सम्राट, प्रतिनिधि सभा र सल्लाहकार सदनका प्रमुख, सत्ता बाहिरका मुख्य पार्टीका नेता तथा चीन-जापान मित्रताका लागि महत्वपूर्ण योगदान गर्नुभएका पुराना मित्रहरुसित भेट गर्दै दुई मुलुकको आर्थिक क्षेत्रका नेतृत्वदायी व्यक्ति, मैत्रीपूर्ण संघ-संस्था र सम्प्रदायका मुख्य जिम्मावार व्यक्ति तथा युवा-युवती र किशोर-किशोरीहरुसित व्यापकरुपमा सम्पर्क गर्नुभयो।

                 यांग चे ट्रले अगाडी भन्नुभयोः राष्ट्राध्यक्ष हु चिन थाउको यस भ्रमण निकै विविधतापूर्ण विषयको रहेको छ भने प्रभावकारी र उल्लेखनीय सफललता पनि हासिल गरिएको छ। यसबाट पूर्वनिर्धारित लक्ष्य पूरा भएको छ।

                 यस भ्रमणले चीन-जापान सम्बन्धको भविष्यका बारेमा चित्रण गरेको छ र अघि बढ्ने दिशा निर्दिष्ट गरेको छ। भ्रमणका क्रममा दुई पक्षले " पूर्णरुपमा रणनीतिक आपसी सहुलियतयुक्त सम्बन्धलाई अघि बढाउने चीन र जापानको संयुक्त वक्तव्य "प्रकाशित गरेका छन्। यस वक्तव्यले पहिलेका तीनवटा राजनीतिक दस्तावेजको सिद्धान्तलाई कायमै राखेको आधारमा चीन-जापान सम्बन्धको नयाँ विकास बमोजिम दुई मुलुकको सम्बन्धको दीर्घकालसम्म विकास हुने निर्दिष्ट सिद्धान्त निर्धारण गरेको छ र यो वक्तव्य चीन तथा जापानबीचको चौथो महत्वपूर्ण राजनीतिक दस्तावेज बनेको छ। चीन-जापान सम्बन्धको राजनीतिक आधारलाई सुदृढ गर्न, दुई मुलुकबीचको राजनीतिक विश्वासलाई प्रबर्द्धन गर्न तथा पूर्णरुपमा चीन-जापान रणनीतिक आपसी सहुलियतयुक्त सम्बन्धलाई गहन पार्न यसको महत्वपूर्ण व्यावहारिक महत्व र दीर्घकालीन ऐतिहासिक महत्व रहेको छ। उक्त वक्तव्यमा दुई पक्षले के निधो गरेका छन् भने, चीन र जापान एक अर्काका सहयोगी साझेदार हुन, एकले अर्कालाई धम्की दिंदैनन, एकले अर्काको शान्तिपूर्ण विकासको समर्मथन गर्छन, वार्ता र सम्झौता वार्तामार्फत दुई मुलुकबीचको समस्याको समाधान गर्छन। उच्च तहको आवत-जावत र राजनीतिक तहको आदान-प्रदानलाई गहन पार्नुपर्छ। सुरक्षा र प्रतिरक्षाको क्षेत्रमा वार्ता र आदान-प्रदानलाई जारी राख्नुपर्छ।

                  यसका अतिरिक्त, आर्थिक र व्यापारिक क्षेत्रको आपसी हित र सहयोगलाई गहन पारिएको छ। चीन-जापान सम्बन्धको विकासको वस्तुगत आधारलाई सुदृढ पारिएको छ। राष्ट्राध्यक्ष हु चिन थाउले जोड दिंदै भन्नुभयोः चीन र जापान एक अर्काको महत्वपूर्ण आर्थिक र व्यापारिक साझेदारीहरु मध्यका एक हुन। दुई पक्षले आर्थिक क्षेत्रमा एकले अर्काको पूर्ति गर्ने वरिष्ठतालाई विकास गर्दै चीन जापानको अर्थतन्त्र र व्यापारलाई मात्राबाट गुणस्तरकारुपमा परिवर्तन गर्नुपर्छ। राष्ट्राध्यक्ष हु चिन थाउले उर्जाको किफायत र वातावरण संरक्षण क्षेत्रको सहयोगलाई मुख्यरुपमा सुदृढ गर्ने, चीनको विकासको प्रकृयामा सक्रियताका साथ संलग्न हुने, दुई मुलुकका व्यवयासहरुबीचको सहयोगलाई सशक्तरुपमा घच्घच्याउने कुरा जारी गर्नुभयो।

                  अनि मानवीय आदान-प्रदान गर्दै देशवासीहरुबीचको भावनालाई अभिवृद्धि गर्दै चीन-जापान सम्बन्धको सामाजिक जगलाई खँदिलो पार्नुपर्छ। राष्ट्राध्यक्ष हु चिन थाउले भन्नुभयोः चीन-जापान मित्रता भनेको दुई मुलुकका जनताबीचको मित्रता हो। दुई मुलुकका जनताबीच आपसी जानकारी र मैत्रीपूर्ण भावनालाई गहन पार्नका लागि दुई मुलुकबीचको आदान-प्रदानलाई विस्तृत पार्नु नै सबभन्दा प्रभावकारी र भरपर्दो उपाय हो। राष्ट्राध्यक्ष हु चिन थाउले सबैले संयुक्त प्रयास गर्दै चीन तथा जापानबीचको मित्रताको बीउ व्यापकरुपमा छर्दै चीन-जापान मित्रताको ध्वजा युगानुयुगसम्म फरफराउनुपर्छ भन्नुभयो।

                  भ्रमणका क्रममा राष्ट्राध्यक्ष हु चिन थाउले चीन-जापान मित्रताका लागि महत्वपूर्ण योगदान गर्नुभएका पुराना मित्रका पुस्ता तथा राजनीतिज्ञका परिवारका सदस्यहरुसित भेट गर्नुभयो।

                  राष्ट्राध्यक्ष हु चिन थाउले भन्नुभयोः एशियाको विकास र उत्थान चीन र जापानको समन्वयन र सहयोगबाट अलग्याउनुहुँदैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040